ad
केन्द्रीय संस्करण

सिंगटी हाइड्रोको सेयर भोलि बाँडफाँड हुने

person explore access_timeचैत २६, २०७७ chat_bubble_outline0

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीका आइपिओ  भोलि (शुक्रबार २७) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

कुल २९ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । मागभन्दा अत्यधिक बढी आवेदन परेपछि पौने १४ लाख आवेदकको हात खाली भएको छ ।  सर्वसाधारणलाई खुलाएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको आइपिओ निष्काशन गरेको थियो । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.