ad
केन्द्रीय संस्करण

लण्डनमा सैनिकले लखेटेपछि कारमै सुते म्यान्मारका राजदूत

person explore access_timeचैत २६, २०७७ chat_bubble_outline0

बेलायतका लागि म्यान्मारका राजदूत क्या ज्वार मिनलाई दूतावासमा खटिएका म्यानमारकै सेनाले हटाएका छन् ।  सैनिक प्रतिनिधिहरुले लण्डनस्थित दूतावास भवनबाहिर निस्कन भनेपछि उनीसहितका कर्मचारीहरु बुधबार बाहिर निस्किएका हुन् । 

बुधबार राति दूतावासबाट निस्कनुपरेपछि आफू कारमै सुतेको जानकारी उनले दिएका छन् । 
राजदूत मिनका प्रवक्ताले सैन्य शासकले नियुक्त गरेका नयाँ राजदूतलाई बेलायतले मान्यता दिन नहुने र उनलाई म्यान्मार फर्काउनुपर्ने तर्क गरेका छन् । ‘फेब्रुअरीमा म्यान्मारमा कु भएको थियो । अहिले लण्डनमा पनि यस्तै भएको छ,’ उनले भने । सैनिक शासकका पक्षमा काम नगरे दूतावासका कर्मचारीहरुलाई कारबाही गरिने धम्की दिइएको प्रवक्ताले बताए । 

सैनिक अधिकारीहरुले मिनलाई देशको प्रतिनिधि कायम नरहेको जानकारी बुधबार दिएका थिए । बेलायतका विदेशमन्त्री डोमिनिक रावले यस्तो हर्कतको निन्दा गरेका छन् । १ फेब्रुअरीमा आङ सान सुकी नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेको थियो । त्यसयता, विभिन्न निकायमा सेनाले हस्तक्षेप गर्दै आएको छ । सेनाको यो कदमविरुद्ध हप्तौंदेखि म्यान्मारमा विरोध प्रदर्शन चलिरहेको छ । प्रजातान्त्रिक सरकार पुनस्र्थापना हुनुपर्ने मागसहितको यस प्रदर्शनमा अहिलेसम्म दर्जनौं नाबालिगसहित ५ सयभन्दा धेरै मानिस मारिइसकेका छन् । 

राजदूत क्या ज्वार मिनले पनि सैन्य कुको विरोध गर्दै आइरहेका छन् । उनले हिरासतमा राखिएकी नेतृ सुकीलाई रिहाई गर्नुपर्ने माग गरेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.