
कविता वाचन गर्दै स्रष्टाहरूले गरे म्यानमार नरसंहारको विरोध

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको मासिक शान्ति काव्य प्रवाह ८८ औँ शृंखलामा कविता वाचन गर्दै स्रष्टाहरूले म्यानमारमा भइरहेको सैन्य दमनको विरोध गरेका छन् । रत्ननिधि रेग्मीले म्यानमारमा अत्याचार भइरहँदा पनि चीन र भारत किन मौन बसेको भन्दै कवितामार्फत प्रश्न गरे ।
कोभिड महामारीले १४ महिनासम्म स्थगित भएपछि चैत २६ गतेदेखि काठमाण्डौमा फेरि काव्य शृंखला सुरु भएको हो । शृंखलामा कविता वाचन गर्दै स्रस्टाहरुले बर्मेली जनताको जीवन रक्षा र शान्ति वहालीका लागि समस्त विश्व एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, साधना प्रतिक्षा, ऋचा, रत्ननिधि रेग्मी, प्रकाशमणी दाहाल, रत्नलक्ष्मी श्रेष्ठ, जसध्वज गुरुङ, प्रिति कौर, त्रिपुरा पौडेल, दुर्गा किरण तिवारी, विमला दाहाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, निर्मल पराजुली, शेरबहादुर अधिकारीसहित १८ जनाले कविता वाचन गरे ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बर्मामा लोकतन्त्रको पक्षमा उभिएका दुई जना कविहरुको हत्या र ९ जना कविहरुको गिरफ्तारीको निन्दा र भत्र्सना गरेका छन् । बर्मेली जनताको लोकतन्त्र पुर्नस्थापनाको अहिंसात्मक आन्दोलनमा विश्वका सबै कवि लेखकहरुले साथ दिनुपर्ने उनले बताए ।
शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनीले बर्मेली जनताको स्वतन्त्रताको अहिंसात्मक आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरे । शान्ति समाज केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्व र महासचिव रामकृष्ण बरालको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा सहभागि कविहरूलाई शान्ति समाजका आजीवन सदस्य कवि रामबाबु दाहालको हालै प्रकाशित कविता संग्रह ‘मनका स्वरहरु’ र शान्ति समाजका तर्फबाट मास्क, स्यानिटाइजर र साबुनसहित ७ हजार ५ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपहार स्वरुप प्रदान गरिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- April 8, 2021, 9:56 p.m. Ratnanidhi Regmi shukracharyadhanyabad
- 0 Reply