
चैत ३० गते प्रतिनिधिसभाको अर्को बैठक

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने भएको छ । आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले गरेको विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो ।
आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि शून्य र विशेष समय छुट्टयाइएको थियो । साथै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसदबाट हटाइएको सूचना पढेर समेत सुनाएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ