शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘काठ बेच्न नसक्ने सरकारले ठुलो कुरा गर्ने ?’

बिहीबार, २६ चैत २०७७, १५ : ४०
बिहीबार, २६ चैत २०७७

काठमाडौं । काँग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले सत्ता पक्षले देशमा विकासै विकास भएको दावी गरेपनि देशमा उत्पादित काठ बेच्न छोडेर मलेसियाबाट अर्वौै रुपैयाँको काठ ल्याउने नाममा भ्रष्टाचार गरिरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै सांसद तिमिल्सिनाले सरकार पक्षले कही नभएको विकास नेपालमा भएको र अहिले मात्रै विधिको शासन भनेर भनेपनि सरकार आफै विधिको शासन विपरित गइरहेको बताए ।

‘प्रधानमन्त्रीको राजीनामा हामीले मागेको होइन, संविधानसम्मत काम नगर्ने सरकार संविधानको राइटमा बस्न उचित छ की छैन ?’, सांसद तिमिल्सिनाले प्रश्न गर्दै भने, ‘कानुनी राज्यको पालना गर्नुपर्छ कि पर्दैन त्यतातिर केन्द्रीत भएर बोल्नुपर्यो सवैले ।’

उनले संविधानभन्दा माथि सरकार हुन नसक्ने भन्दै संविधानभित्र रहेर संसद विघटन गरेको हो भनेर सत्ता पक्षका सांसदहरुलाई प्रश्न गरे ।

उनले संसद विघटन संविधान विपरित भनेर सर्वोच्च अदालतले ठहर गरिसकेपछि प्रधानमन्त्रीले पदमा एक सेकेण्ड पनि बस्न उचित नहुने बताए । ‘त्यसकारण प्रधानमन्त्रीको राजीनामा हामीले मागेको होइन, संविधानले मागेको हो’ तिमिल्सिनाको भनाई छ । उनले विश्वको एक नम्बर प्रदूषित शहर काठमाडौ भएको भन्दै तीन बर्षदेखि उत्पादन गरेको काठ कमिसनका कारण नबेच्दा जंगलमा आगलागी भएको बताए ।

‘डढेलो लागि रहेको छ । यो सरकारले तीन बर्षदेखि उत्पादन गरेको काठ बेच्न सकेको छैन । हिजो पनि डढेलो लाग्थ्यो, तर यस्तो प्रदुषण आएको थिएन । काठ विक्री गरिएन । अर्बौ र खर्बौं रुपैयाँको काठ डढेर नष्ट भएको छ जसका कारणले काठमाडौ विश्वको पहिलो प्रदूषित शहर भएको छ’, तिमिल्सिनाले भने, ‘आफ्नो देशमा उत्पादन भएको काठ जनतालाई बेच्न नसक्ने अनि मलेसियाबाट खर्बौंको काठ ल्याएर कमिशन खान सहज भएकाले यो परिस्थिति आएको हो ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप