ad
केन्द्रीय संस्करण

कपिलवस्तुमा १२ वर्ष अघिको गोलीकाण्डका अभियुक्त पक्राउ

person explore access_timeचैत २६, २०७७ chat_bubble_outline0

बुटवल । कपिलवस्तुमा १२ वर्षअघि ४२ वर्षीय विश्वनाथ यादवलाई गोली हानेर भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले हत्यामा संलग्न असलम मुसलमानलाई पक्राउ गरेको हो । उनलाई यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

कपिलवस्तुको शिवपुरमा १४ साउन २०६५ मा असलामले प्रहार गरेको गोली लागेर विश्वनाथको मृत्यु भएको थियो ।  जिल्ला अदालतले २ जेठ ०६९ मा असलमलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी फरार थिए । उनीसहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहार गरि हत्या गरेका थिए । मुसलमानलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.