शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमितले दैनिक रेकर्ड तोड्दैः २४ घण्टामा १.३१ लाखभन्दा बढी बिरामी भेटिए

शुक्रबार, २७ चैत २०७७, १० : ०२
शुक्रबार, २७ चैत २०७७

भारतमा कोरोनाभाइरसका कारण हरेक दिन स्थिति बिग्रँदो छ । दैनिक संक्रमितको मामिलामा नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ लाख ३१ हजार ८७८ मानिस संक्रमित भेटिए । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि हालसम्म एक दिनमा भेटिएका बिरामीको यो संख्या सर्वाधिक हो । यसअघि बुधबार देशमा सबैभन्दा धेरै १ लाख २६ हजार २७६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहिबार निको हुनेहरुको आँकडा ६१ हजार ८२९ रह्यो । संक्रमणका कारण मृत्यु हुनेको संख्या ८०२ रह्यो । १७ अक्टोबरपछि पहिलो पटक एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । १७ अक्टोबरमा १०३२ बिरामीले ज्यान गुमाएका थिए ।

अब हरेक सयजनामा ९ जना संक्रमित भेटिइरहेका छन्ः

देशमा बिरामी भेटिने संख्या पनि बढेर ९.२१ प्रतिशत भएको छ । अर्थात् हरेक सय व्यक्तिमा ९ जना कोरोना संक्रमित पाइएका छन् । तीन हप्ताअघि अर्थात् ११ देखि १७ मार्चबीच बिरामी भेटिने संख्या ३.११ प्रतिशत थियो ।

अमेरिकालाई पछ्याउँदै भारत, पहिला संक्रमित कम भए त्यसपछि अचानक बढ्न थालेः

कोरोना केसको मामिलामा भारत पनि अब अमेरिकालाई पछ्याउँदै छ । अमेरिकामा पनि अघिल्लो वर्ष अगस्ट र सेप्टेम्बरमा संक्रमितको संख्या तीब्र रुपमा घट्न थालेको थियो तर अचानक अक्टोबरमा यसमा वृद्धि हुन सुरु भयो र डिसेम्बरमा एक महिनाभित्र सर्वाधिक ६३.४५ लाख बिरामी भेटिए ।

अमेरिकामा कोरोनाको पहिलो पीक २४ जुलाईमा भएको थियो । त्यतिबेला यहाँ एक दिनभित्र सबैभन्दा धेरै ८० हजार संक्रमित भेटिएका थिए तर दोस्रो पीकमा यी सबै रेकर्ड तोडियो । ७ नोभेम्बरदेखि नै यहाँ हरेक दिन एक लाखभन्दा बढी बिरामी भेटिन थाले । ८ जनवरीमा रेकर्ड ३ लाख ९ हजारभन्दा बढी मानिसहरु यहाँ संक्रमित पाइएका थिए । भारतमा पनि त्यस्तै भइरहेको छ । यहाँ डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म संक्रमितको संख्या निकै कम देखिएको थियो तर मार्चदेखि अचानक यसमा वृद्धि सुरु भयो । अब हरेक दिन एक लाखभन्दा बढी बिरामी बढिरहेका छन् । भारतमा कोरोनाको पहिलो पीकमा एकैदिन सबैभन्दा धेरै ९७ हजार मानिस संक्रमित भेटिएका थिए । आँकडाका अनुसार यदि यसपटक संक्रमणको गतीमा चाँडै नै लगाम नलगाए स्थिति अमेरिकाभन्दा पनि खराब हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप