५० करोड लिङ्क्डइन प्रयोगकर्ताको तथ्यांक ह्याकर साइटमा बिक्रीमा
करिब ५० करोड लिङ्क्डइन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकरहरुबीच चर्चित रहेको वेबसाइटमा बिक्रीमा रहेको कम्पनीले पुष्टि गरेको छ । मंगलबार साइबर सेक्यूरिटी र रिसर्च साइट साइबरन्यूजले तथ्यांक बिक्रीमा रहेकोबारे पहिलो पटक समाचार प्रकाशित गरेको थियो । प्रयोगकर्ताको यूजर आईडी, नाम, इमेल, फोन नम्बर, लिंग, व्यवसायिक तथ्यांक र अन्य सामाजिक सञ्जालसँगको लिंक चार अंकको रकममा लिलामीमा रहेको समाचारमा बताइएको थियो ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्डइनका अनुसार बिक्रीमा रहेको तथ्यांक विभिन्न बेबसाइट र कम्पनीबाट सङ्कलन गरिएको हो । लिङ्क्डइनबाट प्रयोगकर्ताले ‘पब्लिक’ राखेका तथ्यांकमात्र लिइएको कम्पनीको दाबी छ ।
कम्पनीले लिङ्क्डइनको डेटा चोरी नभएको र लिङ्क्डइनमा प्राइभेट राखिएका कुनै पनि तथ्यांक सार्वजनिक नभएको जानकारी दिएको छ । लिङ्क्डइनमा ६७.५ करोड प्रयोगकर्ता रहेको बताइएको छ । केही दिनअघि मात्र करिब ५० करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक ह्याकरहरुले वेबसाइटमा प्रकाशित गरेको समाचार आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ