शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा शिव देवकोटा निर्वाचित

शुक्रबार, २७ चैत २०७७, १४ : ४२
शुक्रबार, २७ चैत २०७७

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदमा नुवाकोटका शिव देवकोटा ५४१ मतसहित निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट उम्मेदवार बनेका देवकोटा निर्वाचित भएको पत्रकार महासंघ बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदका अर्का उम्मेदवार चितवनका हरि पोखरेलले ४२१ मत प्राप्त गरेका छन् भने मकवानपुरका गिरिजाप्रसाद अधिकारीले २६१ मत प्राप्त गरेका हुन् । उपाध्यक्ष पदमा मकवानपुरका रुपेश दुलाल ४५५ मतसहित विजयी भएका छन् । अर्का उम्मेदवार मकवानपुरका हरिप्रसाद हुमागाईँले ४०१ मत प्राप्त गरेका छन् भने धादिङका नवराज छत्कुलीले ३३४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षतर्फ मकवानपुरकी नानीमैया (सम्झना) कार्कीले ६९० मत ल्याएर निर्वाचित भएकी छन् । अर्की उम्मेदवार संगीता आचार्यले ४८४ मत प्राप्त गरिन् । महासंघको प्रदेश महासचिवमा मकवानपुरका कृष्णसारु मगर ७६९ मतसहित निर्वाचित भएका छन् भने धादिङका केशव अधिकारीले ४३१ मत प्राप्त गरे ।

सचिव पदमा सिन्धुपाल्चोकका युवराज पुरी ६५९ मतसहित निर्वाचित भएका छन् भने अर्का उम्मेदवार दयाराम महतले ४९० मत प्राप्त गरेका छन् । सचिव समावेशतर्फ दोलखाका जीवन लामाले ५४३ मत प्राप्त गरे भने सिन्धुलीका राजन विकले ६१७ मतसहित निर्वाचित भए ।

कोषाध्यक्ष पदमा रामेछापका रमेश ढुंगेल ६६२ मतसहित विजयी भएका छन् भने अर्का उम्मेदवार रामचन्द्र नेपालले ५११ मत प्राप्त गरेका हुन् । खुला सदस्य पदमा जीवन कुँवर ६३८, रामहरि गजुरेल ६१८, श्यामप्रसाद खतिवडा ५४८, सन्तोष भुजेल ५६५, सुदिप सिवाकोटी ६१९ मतसहित निर्वाचित भएका हुन् ।

महिला सदस्यतर्फ अन्जु तामाङ ६७६, सम्झना हुमागाईं ६९०, र ज्ञानु श्रेष्ठ ६२८ मतसहित निर्वाचित भएका छन् । दलित सदस्यतर्फ केशव नेपाली ६८० मतसहित निर्वाचित भएका छन् भने अर्का उम्मेदवार प्रकाश सुन्दासले ४६० मत प्राप्त गरे ।

सदस्यमा आदिवासी जनजातितर्फ काजी श्रेष्ठ ६१८, पेमा लामा ६१७ मतसहित निर्वाचित भएका छन् । सदस्य मधेशीतर्फ पवित्रा ढकाल भगत र प्रविणकुमार दत्त तथा अल्पसंख्यक सदस्यतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप