रुपन्देही हत्याकाण्ड: यौन विवादमा पत्नीको हत्या
शुक्रबार, २७ चैत २०७७, १५ : ३६
काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैयामा कुश्मा बानियाँको हत्या भयो । हत्या आरोपमा प्रहरीले कुश्माका पति ६३ वर्षीय गनपत बानियाँलाई पक्राउ गरेको छ । चैत २६ मा राती यौन विवादमा गनपतले ५५ वर्षीया कुश्माको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
‘आरोपीले यौन विवादका कारण हत्या गरेको साविती बयान गरेका छन्’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (डिएसपी) सत्यनारायण थापाले भने– ‘विवाद भएपछि घाँटी थिचेर हत्या गरेको आरोपीको दावी छ ।’ करणी प्रयास गर्दा पत्नीले अण्डकोशमा हिर्काएपछि घाँटी थिचेर हत्या गरेको गनपतले बताएका छन् । बिहिबार विहान रुपन्देही प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कुश्माको शव पोष्टमार्टमका लागि पठाइएको छ । शव परीक्षण रिपोर्टपछि हत्याबारे थप विवरण खुल्ने डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ