शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ हजार ५४ जनाले लगाए कोरोनाविरुद्धको चिनियाँ खोप

शुक्रबार, २७ चैत २०७७, १८ : ००
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । कोभिड—१९ विरुद्धको भेरोसेल खोप (चिनियाँ) दुई दिनमा ८ हजार ५४ जनाले लगाएका छन् ।  बुधबार र बिहिबार प्राथमिकतामा परेकामध्ये ८ हजार ५४ जनाले  भेरोसेल खोप लगाएका हुन् । सरकारले  १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो ।

चीन सरकारको अनुदान सहयोगमा प्राप्त ८ लाख डोज भेरोसेल खोप बुधबारदेखि काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरोसेल खोप लगाउने अभियान एक सातासम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका नागरिक, व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् । र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउनेछन् । भेरोसेल खोप पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप