भारतमा पछिल्लो २४ घण्टाभित्र सर्वाधिक १ लाख ४४ हजारभन्दा बढी संक्रमित भेटिए
भारतमा कोरोनाको ग्राफ लगातार बढ्दो छ । शनिबार रेकर्ड स्तरको नयाँ संक्रमितको आँकडामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ४४ हजार ८२९ संक्रमित भेटिएका छन् । अघिल्लो वर्ष भाइरस सुरु भएदेखि अहिलेसम्म यो दैनिक भेटिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि बिहिबार १.३१ लाख बिरामी भेटिएका थिए ।
यस्तै सक्रिय संक्रमितको संख्यामा पनि अत्यधिक वृद्धि भएको छ । शुक्रबार देशभरी ७७ हजार १ सय ९९ मानिस निको भएका छन् जबकी ७७३ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमितको संख्यामा ६६ हजार ७६० को वृद्धि भएको छ । यो आँकडा कोरोनाको अघिल्लो चरणको भन्दा अत्यधिक धैरै हो । अघिल्लो वर्ष १७ सेप्टेम्बर ताका संक्रमण उच्च स्थानमा थियो । त्यस दिन देशमा सबैभन्दा बढी १०.१७ लाख सक्रिय संक्रमित थिए । त्यसपछि यो आँकडा घट्न थालेको थियो तर अब पुनः स्थिति भयावह हुँदैछ ।
यस्तै रिकभरी रेटमा लगातार गिरावट आइरहेको छ । एकदिन अघि ९१.७६ प्रतिशतले घटेर ९०.८ प्रतिशत रहेको छ । पछिल्लो तीन हप्ता अघि यसमा करिब ८ प्रतिशतको गिरावट दर्ता गरिएको छ । सबैभन्दान्दा कम छत्तिसगढमा ८०.५ प्रतिशत र महाराष्ट्रमा ८२ प्रतिशत बिरामी रिकभर भएका छन् । यहाँ सक्रिय संक्रमित बढी छन् । छत्तिसगढमा अहिले १८.४ प्रतिशत र महाराष्ट्रमा १६.३ प्रतिशत सक्रिय संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि