बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेहरुले अर्को मदन भण्डारी भेटियो भनेपछि ओली आत्तिएः प्रचण्ड

ओलीलाई विघटनतर्फ पुर्‍याउने चेतावनी
शनिबार, २८ चैत २०७७, १४ : ४२
शनिबार, २८ चैत २०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता कार्यकर्तानै   पार्टीमा नयाँ अर्को मदन भण्डारी भेटियो भनेर उत्साहित दावी गरेका छन् । एमाले कार्यकर्ताले प्रचण्डमाथि ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीहरुसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको उनको दावी छ ।   

नेकपा माओवादी केन्द्र कर्णाली सम्पर्क समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेकपामा बलियो हुँदै गएपछि ओलीले प्रतिक्रान्तिकारीहरुसँग मिलेर षड्यन्त्र गरेको आरोप लगाए । 

‘कमरेड तपाईँले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो । पार्टीमा हाम्रो यस्तो कमाण्ड देखेपछि ओली अत्तालिए । अनि जालझेल सुरू गरे’, प्रचण्डले भने । 

उनले ओली सरकारलाई कुनै पनि हालतमा निरन्तरता दिन नहुने भन्दै काँग्रेसले सरकार ढाल्न तत्परता देखाएको र जसपाले पनि पार्टीमा छलफल गर्छु भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरे । 


उनले विभिन्न पार्टीहरूसँग मोर्चा बनाएर ओलीलाई विघटनतर्फ पुर्याउने चेतावनी समेत दिए । ‘एमालको एउटा पक्षसँग हाम्रो मोर्चा छदैछ । हाम्रो  पुरानो लभ छँदैछ । जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्नसक्छ । काँग्रेससँग कम्तिमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुनसक्छ । अनि, ओली चौथो हुन्छन् र विघटनतर्फ जान्छन् ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप