शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबार नासाले इतिहास रच्दै

शनिबार, २८ चैत २०७७, १५ : ३३
शनिबार, २८ चैत २०७७

नासाले पठाएको मार्स रोवर पर्सभरेन्स गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लिएको थियो । नासाले यस मंगल अभियानमा एउटा हेलीकोप्टर पनि पठाएको छ ।  अहिलेसम्म पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डमा हेलीकोप्टर उडाइएको छैन । भोलि आइतबार नासाले मंगल ग्रहको आकाशमा हेलीकोप्टर उडाएर इतिहास रच्ने भएको छ ।

नासाले दिएको जानकारीअनुसार अमेरिकी समय  बमोजिम यो उडान बिहान ३ बजेर ३० मिनेट  (EDT  – Eastern Daylight Time (Time Zone Abbreviation) अथवा १२ बजेर ३० मिनेट  PDT   (Pacific Daylight Time)  मा हुनेछ ।

नासाले यसको लाइभ स्ट्रीमिंग गर्नेछ । यसको प्रत्यक्ष प्रसारण नासाको वेबसाइट, नासा एप र आफ्नो टीभीमार्फत् हुनेछ । यसका साथै नासाको यूट्यूब च्यानल र जेट  प्रोपल्शन  लेबोरेटरी  (JPL ) को फेसबुक पेजबाट पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

उडान सम्बन्धी प्रारम्भिक अभ्यासका क्रममा नासाले यस हेलीकोप्टर इनजेन्युटी ( Ingenuity ) को अन्तिम परीक्षाण सुरू गरेको छ ।  हेलीकोप्टरको रोटरलाई घुमाएर परीक्षण गरिएको छ । विस्तारै रोटरको गति बढाएर नासाले थप परीक्षण गर्ने जनाएको छ । नासाले ट्वीटमार्फत् दिएको जानकारीअनुसार रोटरलाई ५० आरपीएम ( राउन्ड पर मिनेट ) सम्म परीक्षण गरिएको छ ।​

हेलीकोप्टर इनजेन्युटी अहिले मार्स रोभर  परसिवरेन्सबाट झण्डै ६० मीटरको दूरीमा उभिएको छ । परसिवरेन्सले ट्वीट गर्दै भनेको छ - म हेलीकोप्टरबाट झण्डै ६० मीटर टाढा छु, यसै दूरीबाट म यसको उडान हेर्ने छु । म आफ्ना क्यामेराबाट यस उडानको  रेकर्डिङ गर्छु ।  तपाईंहरु हेलीकोप्टर उडानको दृश्य मेरा नेभिगेशन क्यामेराबाट हेर्न सक्नुहुन्छ ।  

नासाले यस हेलीकोप्टर  उडान विषयक प्रश्नोत्तर कार्यक्रम पनि गर्ने जनाएको छ । कसैले पनि यस सम्बन्धी आफ्ना जिज्ञासा नासासँग सोध्न सक्छ । नासाका यस अभियान सम्बन्धी विशेषज्ञले प्रश्नका जबाफ दिने छन् ।

नेपालबाट राति एक बजेतिर यो प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । 

स्रोत: स्पेस डट कम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप