बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘आहा रारा गोल्डकप’को उपाधि संकटालाई

शनिबार, २८ चैत २०७७, १८ : ५५
शनिबार, २८ चैत २०७७

पोखरा । ‘आहा रारा गोल्डकप’ फुटवल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलको पेनाल्टीमा ४–२ गोल अन्तरले अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई पराजित गर्दै संकटाले उपाधि जितेको हो । 

खेलको ११ औँ मिनेटमा अफ्रिकन रुट्सका बासेकले पहिलो गोल गरेका थिए । खेलको दोस्रो हाफमा संकटाले बराबरी गोल फर्काएको थियो । 

५१ औँ मिनेटमा संकटाका ग्लोरीले बराबरी फर्काएका थिए । खेलको निर्धारित समय र थप गरिएको ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा संकटाले गोलको बाजी मार्न सफल भयो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा अफ्रिकन रुट्सले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनल प्रबेश गरेपछि संकटासँग खेल्ने मौका जुरेको थियो । प्रतियोगितामा यसअघि पाँच संस्करण खेलिसकेको संकटा पहिलोपटक फाइनल प्रवेश गरेको थियो ।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० ले हराएर फाइनल पुगेको थियो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको थियो । फाइनल जितेको टोलीले नगद १० लाख १ हजार र उपविजेताले नगद ५ लाख १ हजार रूपैयाँ पुरस्कार पाएको छ । 

यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारेका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारेका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप