शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लहानको मालपोत कार्यालयमा बम बिस्फोटमा संलग्न अभियुक्त पक्राउ

शनिबार, २८ चैत २०७७, २१ : २१
शनिबार, २८ चैत २०७७

काठमाडौं । लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत एक गते दिउँसो १२ : ५० बजे सिरहा लहान नगरपालिका ८ को मालपोत कार्यालयमा कुकर बम बिष्फोट  भएको थियो ।

उक्त घटनामा संलग्न भई फरार रहेका सिरहा लक्ष्मीपुर पतारी गाउपालिका ३ लवकाटोलका २० वर्षीय गुड्‍डु भन्ने रामजतन मुखियालाई ईलाका प्रहरी कार्यालय लहानबाट खटेको  टोलीले शनिबार पक्राउ गरेको हो ।

सिरहा लहान नगरपालिका १ लोकतन्त्र चौकबाट पक्राउ गरी आवश्यक थप अनुसन्धानको लागि ईप्रका लहानमा राखि अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ । 

यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा सुखिपुर नगरपालिका–५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यू गिरि पनि पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप