शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा ‘देशद्रोह’ को आरोपमा ३ सैनिकलाई मृत्युदण्ड

शनिबार, २८ चैत २०७७, २३ : ०१
शनिबार, २८ चैत २०७७

एजेन्सी । साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देश द्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ ।  

मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।” 

विज्ञप्तिमा सैनिक अधिकारीहरू, मोहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिम लाई, उनीहरूले कोसँग राज्य विरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो ।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो । यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए ।

प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताइने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप