एल क्लासिको : बार्सालाई हराउँदै रियल शीर्ष स्थानमा
चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई सिजनको दोस्रो एल क्लासिकोमा हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल २–१ अन्तरले विजयी बनेको हो ।
खेलको १३ औँ मिनेटमा नै करिम बेन्जेमाले उत्कृष्ट गोल गर्दै रियलाई अग्रता दिलाएका थिए । पछिल्ला सात लिग खेलमा बेन्जेमाको यो नवौँ गोल हो । खेलको २८ औँ मिनेटमा टोनी क्रुसले फ्रिकिक मार्फत रियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा ओस्कार मिनगुएजाले बार्सिलोनाका लागि एक गाेल फर्काए पनि त्यसपछि कुनै पनि गोल हुन सकेन । रियलका कासिमिरोले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए ।
रियल र एथ्लेटिको म्याड्रिडको समान अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि, एथ्लेटिकोले एक खेल कम खेलेको छ । आइतबार रियल बेटिसलाई हराए एथ्लेटिको पुनः शीर्ष स्थानमा उक्लिनेछ । बार्सिलोना लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।
विधान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पूरा