शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेन्नईमाथि दिल्लीको लगातार तेस्रो जीत

आइतबार, २९ चैत २०७७, ०७ : ३२
आइतबार, २९ चैत २०७७

कप्तानका रुपमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका ऋषभ पन्तले १४ औँ सिजनमा पहिलो खेल जितेका छन् । मुम्बईमा खेलिएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईबिरुद्ध दिल्लीको यो लगातार तेस्रो जीत हो । पछिल्लो सिजन चेन्नईलाई दिल्लीले दुवै खेलमा पराजित गरेको थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईको टोलीले ७ विकेटको क्षतिमा १८८ रन बनायो । जवाफमा दिल्लीले उक्त लक्ष्य ३ विकेटको क्षतिमा पछ्यायो । ओपनर शिखर धवनले ५४ बलमा ८५ र पृथ्वी शाँले ३८ बलमा ७२ रनको आक्रामक पारी खेले । चेन्नईका लागि शार्दूल ठाकुरले २ विकेट तथा ड्वेन ब्रोभोले एक विकेट लिए ।

यसअघि, चेन्नईका लागि सुरेश रैनाले ३६ बलमा ५४ रन बनाएका थिए । त्यस्तै, मोइन अलीले ३६, साम करनले ३४ तथा रवीन्द्र जडेजाले २६ रनको योगदान दिएका थिए । दिल्लीका लागि अवेश खानले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप