शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिलमाथि पीएसजीको दबाब कायम

आइतबार, २९ चैत २०७७, १० : १२
आइतबार, २९ चैत २०७७

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गलाई पराजित गर्दै लिग वानमा शीर्ष स्थानमा रहेको लिलमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४–१ ले हराएको हो ।

खेलको १६ औँ मिनेटमा किलियान एम्बाप्पले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पाबलो साराबिया र मोइस किनले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा डिओन मोइसले स्ट्रासबर्गका लागि एक गोल फर्काए पनि लियान्ड्रो पारेडेसले अर्को गोल थप्दै पीएसजीको जीत सुनिश्चित गरे ।

शुक्रबार लिलले मर्टजलाई हराउँदै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम राखेको छ । अब पीएसजीले मंगलबार च्याम्पियन्स लिगमा साबिक विजेता बायर्न म्युनिखको आतिथ्य गर्नेछ । पहिलो लेगमा पीएसजीले ३–२ को जीत हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप