फिल्म ‘हामी तीन भाइ’ बन्ने
काठमाडौंँ । फिल्म ‘हामी तीन भाइ’ निर्माण हुने भएको छ । मधुसुदन भट्टराईको निर्देशन रहने फिल्मको शनिबार एक कार्यक्रममा बीच घोषणा गरियो ।
तीन दाजुभाईको कथामा निर्माण हुन लागेको फिल्मका लागि मुख्य अभिनेता सलोन बस्नेत छनौट भएका छन्, भने दुई अभिनेता छनौट हुन बाँकी रहेको छ ।
शिशिर राणा, बिकास चापागाईँ, सदिक्षा पाण्डे र नरेन्द्र केसीको समेत मुख्य अभिनय रहने फिल्म प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको हो ।
साजित महतको निर्माण रहने फिल्ममा हिमाल केसीको द्धन्द्ध, नरेन्द्रकुमार सिंहको छायाँकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ । बिक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्म पारिवारिक कथामा प्रेमकथा मिसाएर निर्माण गर्न लागिएको हो ।
स्वर्गिय निर्देशक शिव रेग्मीले करिव डेढ दशक अगाडि यहि नामबाट फिल्म बनाएका थिए ।
केही कलाकार छनौटको क्रममा रहेकोले छनौट सकिने बितिक्कै फिल्म छायाँकनमा निस्कने निर्देशक भट्टराइले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान