शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दराजको नव वर्ष भव्य सेल योजना, विशेष छुटका साथमा बम्पर उपहार पनि

आइतबार, २९ चैत २०७७, १२ : १५
आइतबार, २९ चैत २०७७

काठमाडौं । दराजले नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । यहि चैत २९ गतेबाट सुरु हुने सेल वैशाख ७ गतेसम्म चल्ने दराजले जनाएको छ ।

नयाँ वर्षको भव्य सेलमा विभिन्न सामानमा विशेष छुटका साथै बम्पर उपहार प्रदान गर्ने जनाएको छ । दराजले विभिन्न सामान जस्तै घरायसी सामानहरू, ग्याजेट, फेशन, किराना लगायतमा विशेष छुटको घोषणा गरेको छ । त्यसैगरी पूर्व–भुक्तानी गर्दा पनि छुट दिने दराजले जनाएको छ ।  

दराजले डेविट तथा क्रेडिक कार्ड प्रयोगकर्ताका लागि पनि विशेष छुट दिने भएको छ । जसमा बैंकका कार्डमार्फत सामान खरिद गर्ने ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । दराजमा सामान खरिद गर्ने नबिल, सानिमा, एनएमबि, मेगा, माछापुच्छ्रे, सनराइज, एआईसी एशिया, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन बैंकका ग्राहकले १५ देखि २० प्रतिशतसम्मको छुट पाउने भएका हुन् ।
 
ग्राहकहरुले आफ्नो ई–सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि ५ सयसम्मको विशेष छुट पाउन सक्नेछन् । यसबाहेक, भिसा कार्ड प्रयोगकर्ताले दराजमा आफ्नो पहिलो खरीदमा पूर्व–भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

यसैगरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तामा लिन सक्ने दराजले जनाएको छ ।

यस अभियानमा दराजले खेल एक रुपैयाँको (वन रुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरेको छ जसमा दराज प्रयोगकर्ताहरूले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पीकर, एक्स–एज ट्याब ४० जस्ता पुरस्कार मात्र १ रुपैयाँ मा जित्न सक्नेछन् ।

दराजको नव वर्ष सेलमा विक्रेता र ब्रान्डहरुले पनि थप छुट दिने भएका छन् । जसमा वन प्लस, मसाला बिड्स, अमार्य, मन्त्र, अर्क, लोट्टो, सिजी लाइफ, बाल्ट्रा, काम्लिंत, म्याकेंरो, र फिलिप्स रहेका छन् ।

दराजले यस भव्य सेललाई नेपालको ४५ भन्दा बढी शहरहरुमा पुर्याउने जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप