शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोंगबु घटना : विदेश हिँडेका युवा मृत फेला, २ जना पक्राउ

आइतबार, २९ चैत २०७७, १५ : ०६
आइतबार, २९ चैत २०७७

काठमाडौं । स्याङ्जाबाट विदेश उड्नका लागी काठमाडौं आएका थिए ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्री । आइतबार विहान गोंगवुको गोदावरी सन्तोषी गेष्ट हाउसमा उनको शव भेटिएको छ । नारायणबहादुरको हत्या भयो वा स्वभाविक मृत्यु भयो भन्ने खुलेको छैन । घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा धब्बुराम बस्ने र राजकुमार कवार योगी छन् । शुक्रवार दिउँसो मृतकसँगै उनीहरुसँगै बसेर होटलमा खानपिन गरेका थिए । धब्बुरामलाई काठमाडौंको आरुबारीबाट पक्राउ गरिएको छ ।  राजकुमारलाई सुनवलबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ ।  

नारायणबहादुर विदेश जानका लागी स्याङ्जाबाट काठमाडौं आएका थिए । विदेशमा बस्दा धब्बुराम र मृतकको बीचमा चिनजान भएको थियो । मध्यान्हसँगै बसेर शनिवार साँझ उनीहरु छुट्टिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको शव परीक्षण रिपोर्ट आउन बाँकी छ । 

यो पनि...

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप