शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उदेशदेखि देवीसम्मले ल्याए यस्ता नयाँ गीत

आइतबार, २९ चैत २०७७, १८ : ३९
आइतबार, २९ चैत २०७७

काठमाडौंँ । कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्दो भएपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा नयाँ वर्षको अवसर अहिले करिव आधा दर्जन गीत संगीत सार्वजनिक भएको छ । यस्ता छन् गीतहरुः 
 
उदेशको ‘मलाइ तिमी मन पर्यो’

गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । आइतबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पनि स्वयम्को अभिनय रहेको रहेको थियो । गीतमा उदेशकै स्वर र संगीत छ ।
अर्जुन पासवानको शब्द रहेको गीत सार्वजनिक कार्यक्रममा गायक प्रेमध्वज प्रधान, संगीतकार तथा गायक जेम्स प्रधान, राहुल प्रधान लगायतको उपस्थिति रहेको थियो ।

एकश्रीको ‘बिरानो जंगल’ 


अमेरिकाको टेक्सास निवासी गायक एकश्री खत्रीको स्वर, शब्द र संगीत रहेको गीत ‘बिरानो जंगल’ सार्वजनिक भएको छ । प्रतिक बास्तोलाको लिड गितार र सुगम थापाको बास गितार रहेको ब्लुज रक गीतमा वास्सी छुको ड्रम र पिक्रसन रहेको छ ।  गीतको भिडियो पुरा एनिमेसिनले तयार गरिएको छ । थ्रिलर एनिमेटेड भिडियो बिपिन मानन्धरले तयार गरेका हुन् ।

‘साली देवर’


गायक सन्तोष प्रगाढ र गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘साली देवर’को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढकै संगीत तथा एरेञ्ज छ । डान्सिङ नम्बरको गीतको भिडियोमा पुष्प खड्का, मोनालिशा खतिवडा, प्रशंसा ढुंगेल, समीर तामाङ, महादेव त्रिपाठी, रेशम फिरिरि, शमशेरबहादुर राईको अभिनय छ । हरि लामा घलेको छायाँकन, राहुल बराइलीको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन रहेको भिडियो रुपेश तामाङले निर्देशन गरेका हुन् ।

‘मुटुको टुक्रा’मा ज्योती


गायिका देवी घर्तीमगरको स्वर रहेको गीत ‘मुटुको टुक्रा’ को भिडियो सार्वजनिक गरिएको छ । ज्योती गुरुङका शब्द सृजनामा तयार भएको गीतमा सुरज लामिछानेको संगीत छ ।  एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको भिडियोमा ज्योती स्वयमकै अभिनय छ ।

भिडियोमा बालकलाकार काव्या श्रेष्ठका साथमा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रञ्जितकार र इभा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । गीतमा  बाध्यात्मक परिस्थितिले विदेशीनुको पर्दाको पीडा र भोगाइ  समेटिएको छ । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्राञ्जलको ‘दिलमा सर्किट बनेर’


प्राञ्जल पोखरेल र एलिना चौहानको स्वर रहेको गीत ‘दिलमा सर्किट बनेर’ सार्वजनिक भएको छ । भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियोमा प्रञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीको अभिनय रहेको छ । सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।

‘रुमाल धोइरहनी...’


गायक तथा सर्जक तेजश रेग्मी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत ‘रुमाल धोइरहनी...’ रिलिज भएको छ । तेजश रेग्मीको लय तथा शब्द रहेको गीतलाई एच बि एन किस्मतले संगीत संयोजन गरेका हुन् । 
प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा मोडल अर्जुन गौतम र गरिमा शर्माको दमदार अभिनय देख्न सकिन्छ । दिपक गिरीको छायाँकन रहेको भिडियोमा अमृत चापागाईको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप