कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ । प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा जिल्लाको फुजेल निवासी १३ जनालाई सफाई दिएको हो ।
कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए ।
चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरुद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।
सो मुद्दामा अधिवक्ताहरू रमण श्रेष्ठ, चण्डीराज श्रेष्ठ, दीनमणि पोखरेल, मुक्ति प्रधान र केशव गौतमले बहस गरेका थिए । कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठमा अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएकोे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा जीप दुर्घटना, ८ जना चिनियाँ पर्यटक घाइते
-
आर्थिक शक्ति बन्न सक्ला भारत ? तथ्याङ्कले के भन्छ ?
-
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
-
भी–२० बैठकमा मन्त्री पुनले भने–जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
-
उर्मिला कोइरालाको चौथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन
-
रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा