रोकियो एथ्लेटिको तैपनि शीर्ष स्थानमा
एथ्लेटिको म्याड्रिड रियल बेटिससँग बराबरी खेल्न बाध्य भएको छ । बराबरीका बावजुद टोली स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । साबिक विजेता रियल म्याड्रिडले शनिबार बार्सिलोनालाई २–१ ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको थियो ।
याकिन कारास्कोले खेलको शुरुवातमा नै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर क्रिस्टियन टेलोले खेलको २० औँ मिनेटमा बेटिसमा फर्काए । भेटरान गोलकिपर क्लाउडियो ब्राभोले इन्जुरी समयमा दुईवटा उत्कृष्ट बचाऊ गर्दै एन्जेल कोरेयालाई गोल गर्नबाट रोकेका थिए ।
डिएगो सिमिओनीको टोलीले जनवरीको अन्त्यमा शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको थियो । तर, त्यसयता सबै प्रतियोगितामा एथ्लेटिकोले ११ मध्ये ३ खेलमात्र जित्न सकेको छ ।
एथ्लेटिकोले पहिलो हाफमा चोटका कारण जोआ फेलिक्सलाई गुमाएको थियो । यसअघि नै लुइस सुवारेज र मोसा डेम्बेले घाइते छन् । खेलको अन्त्यतिर केरियन ट्रिपर पनि चोटग्रस्त बनेका थिए ।
३० खेलपछि एथ्लेटिकोको ६७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियलको ६६ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !