शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो फिल्म ‘चुरीफुरी’

सोमबार, ३० चैत २०७७, ११ : २६
सोमबार, ३० चैत २०७७

काठमाडौँ । समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण भएको फिल्म ‘चुरीफुरी’ फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले २०७८ सालको असोज १ गते प्रदर्शन मितिको रुपमा सार्वजनिक गर्दै फष्टलुक पनि बाहिर ल्याएको हो ।

निर्देशक ऋषिराज आचार्यले फिल्मको फष्टलुकर प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक फस्र्टलुक पोस्टरमा डेब्यु हिरो अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरु–पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङका अनि रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी) र सुरवीर पण्डित देखिएका छन् । 

फिल्ममा ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्म राहुल राईले खिचेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सहनिर्माता रहेको फिल्मका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । 

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन रहेको फिल्मले भरपुर मनोरञ्जनका साथै युवावर्गलाई सन्देश पनि दिने दावी निर्देशक आचार्यको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप