शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘हल्का रमाइलो’ मार्फत फेरि सानो पर्दामा ‘इकु’

सोमबार, ३० चैत २०७७, १२ : ४०
सोमबार, ३० चैत २०७७

काठमाडौं । ‘मेरी बास्सै’को चर्चित पात्र ‘इकु’ फेरि सानो पर्दा (टेलिभिजनमा) फर्किएको छ । हास्यश्रृंखला ‘हल्का रमाइलो’ मार्फत ‘इकु’ फेरि सानो पर्दामा फर्किएको हो । ‘इकु’ लाई सानो पर्दामा फर्काउने काम श्रंखला निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले गरेका हुन् । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र श्रृंखलामा समेटिएको निर्देशक श्रेष्ठले बताए ।

‘इकु’को भूमिका सुलेमान शंकरले नै निर्वाह गरेका छन् । यस अगाडि पनि यो भूमिकामा उनी नै देखिँदै आएका छन् । ‘मेरी मास्सै’ पछि  उनले ‘इकु’ लाई चलचित्रमार्फत समेत प्रस्तुत गरेका थिए । सुलेमानले पुन ‘इकु’ को भूमिकामार्फत फेरि टेलिभिजनको पर्दामा देखिन पाउँदा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहनाअनुसार अहिले फर्काइएको हो ।’ 

‘पहिले बालबालिकालाई ‘इकु’ को बारेमा थाहा छ । तर अहिलेका बालबालिकालाई केही थाहा छैन’ सुलेमानले थपे ‘अहिलेको पुस्तामाझ पनि ‘इकु’ चरित्र जिवित राख्ने चाहना मेरो थियो । त्यो अवसर ‘हल्का रमाइलो’ कार्यक्रमले दियो ।’ पहिले झै जंगली पात्रको रुपमा ‘इकु’ फर्किएको सुलेमानले सुनाए ।

नेपाल टेलिभिजनबाट हरेक आइतबार राती ९ बजे प्रसारण हुँदै आएको ‘हल्का रमाइलो’ पछिल्लो समयको हिट श्रृखंला हो ।  श्रृंखलाको हिजोको भागबाट ‘इकु’ फर्काइएको हो । राजु पौडेल, मरिचमान श्रेष्ठ, अनिता बस्नेत, कमला रेग्मी, दीपक शर्मा, पल्लभी महरा, कुमार गजुरेल लगायतका कलाकार यस अगाडि श्रृंखलाको मुख्य भूमिकामा देखिँदै आएका छन् । अबदेखि सुलेमान शंकर पनि ‘इकु’ भूमिका मार्फत यो श्रृंखलामा नियमित देखिनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप