मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल प्रिभ्यू : राजस्थानसँग बदला लेला पञ्जाबले

सोमबार, ३० चैत २०७७, १५ : ४४
सोमबार, ३० चैत २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे मुम्बईको वानखडे स्टेडियममा खेल हुनेछ ।

राजस्थानको टोली तीव्र गतिका बलर जोफ्रा आर्चर बिना नै मैदानमा उत्रनेछ । यस्तोमा राजस्थानको बलिङको कमान १६ करोड मूल्य रहेका क्रिस मोरिस र भारतीय बलरको हातमा हुनेछ ।

राजस्थानले पछिल्लो सिजन दुवै खेलमा पञ्जाबलाई हराएको थियो । आजको खेलमा पञ्जाब गत सिजनको बदला लिने मुडमा हुनेछ । दुई टोलीबीच हालसम्म २१ खेल भएको छ । जसमा राजस्थानको टोली पञ्जाबमाथि हाबी हुँदै आएको छ । राजस्थानले १२ खेल जित्दा पञ्जाबले ९ खेल जितेको छ । गत सिजन पञ्जाब छैटौँ र राजस्थान आठौँ स्थानमा सिमित बनेको थियो ।

पञ्जाबले प्रतियोगिता अघि आफ्नो नाम र लोगो परिवर्तन गरेको थियो । फ्रेन्चाइजीले किंग्लस इलेवन पञ्जाबले नाम बदलेर पञ्जाब किंग्स राखेको थियो । उता, राजस्थानले कप्तान बदलेको थियो । टोलीले पूर्वकप्तान स्टिभ स्मिथलाई रिलिज गर्दै सञ्जु स्यामसनलाई नयाँ कप्तान घोषणा गरेको थियो । नयाँ निर्देशकमा कुमार संगाकारा नियुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप