७० तोला सुनसहित ४३ लाख चोरी गरेको आरोपमा युवक पक्राउ
सोमबार, ३० चैत २०७७, १८ : ०८
काठमाडौं । प्रहरीले ७० तोला सुनसहित ४३ लाख बराबरको धनमाल चोरी गरेको आरोपमा म्याग्दीका दिलबहादुर पुनलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका सहकारी तथा वित्तिय संघ–संस्था र सुनचाँदी पसलहरूमा चोरी गरेको आरोपमा तारकेश्वर बस्ने २८ वर्षीय पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पुनले गत फागुन १८ गते राती नवलपरासीको गैँडाकोटको काँग्रेस चोकस्थित मेनिका सुनचाँदी पसलको सटर फोडेर ७० तोला बराबरको सुनका गरगहनासहित अन्दाजी ४३ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीको आरोप छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश