शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पञ्जाबद्वारा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत

सोमबार, ३० चैत २०७७, २१ : ५६
सोमबार, ३० चैत २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को चौँथो खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्ससामु २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको हो ।
पञ्जाबका लागि कप्तान केएल राहुले सर्वाधिक ९१ रनको योगादन दिए । निकै विष्फोटक ब्याटिङ गरेका उनले ५० बलमा ७ चौका र ५ छक्का हिर्काए । त्यस्तै, सन्दीप हुड्डाले २८ बलमा ६४ रनको धुँवादार पारी खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । क्रिस गेलले २८ बलमा ४० रन बनाए । 

राजस्थानका लागि चेतक सकारियाले ३ विकेट लिए । यस सिजनका सबैभन्दा महँगो खेलाडी क्रिस मोरिसले २ विकेट लिए । राजस्थानले पछिल्लो सिजन दुवै खेलमा पञ्जाबलाई हराएको थियो । दुई टोलीबीच हालसम्म २१ खेल भएको छ । जसमा राजस्थानको टोली पञ्जाबमाथि हाबी हुँदै आएको छ । राजस्थानले १२ खेल जित्दा पञ्जाबले ९ खेल जितेको छ । गत सिजन पञ्जाब छैटौँ र राजस्थान आठौँ स्थानमा सिमित बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप