बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गलैंचा उत्पादक तथा निकासीकर्ता संघमा गुरुङ

मङ्गलबार, ३१ चैत २०७७, १३ : ०८
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निकासी कर्ता संघको अध्यक्षमा व्यवसायी रामबहादुर गुरुङ पुनः निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाले गण्डकी प्रदेशका सांसद समेत रहेका हिमालयन डेकोर रग्सका सञ्चालक गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहेको संघमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा एनपी रग्सका तेञ्जिङ शेर्पा तथा तीन उपाध्यक्षमा सेन्टर रग क्राफ्टका समिरविक्रम शाह, निमा कार्पेटका निमा लामा र महाबुद्ध कार्पेटका हिराबहादुर लामा निर्वाचित भए । 

महासचिवमा क्लासिक कष्टम रगका दावा शेर्पा तथा सचिवमा एभरेष्ट लुमका बलबहादुर गुरुङ र सूर्य रग्स हाउसका देवआनन्द सरावगी निर्वाचित भए । यस्तै कोषाध्यक्षमा त्रिपुरा कार्पेटका दानबहादुर चन्द ठकुरी र सह कोषाध्यक्षमा राधा कार्पेटका राधा पन्त निर्वाचित भएका छन् ।

संघको सदस्यहरूमा छिरिङ लामा, नरहरि थापा, छत्रबहादुर श्रेष्ठ, ङिमा जाङबो शेर्पा, सुकुमान योञ्जन, छिरिङ शेर्पा, जेठा तामाङ, राजेशकुमार रायमाझी, नवाङ छिमे लामा, दवाछिरी शेर्पा र सोनाम लामा निर्वाचित भएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप