शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिकिनी लगाएको तस्बिर आमा–बुवाले हेर्दैनन् र ? ट्रोलरको कमेन्टमा कृष्णा श्रोफले दिइन् कडा जवाफ

मङ्गलबार, ३१ चैत २०७७, १४ : ०५
मङ्गलबार, ३१ चैत २०७७

ज्याकी श्रोफकी छोरी कृष्णा श्रोफ सोसल मिडियामा निकै सक्रिय छिन् । कृष्णा आफ्नो इन्स्टाग्राम अकाउन्टमा एकसे एक बोल्ड तथा सुन्दर तस्बिर साझा गर्छिन् । उनको तस्बिरलाई सोसल मिडिया प्रयोगकर्ताले निकै रुचाउँछन् पनि । कहिले मुटु त कहिले फायरको इमोजी बनाएर प्रयोगकर्ताले कृष्णामाथि प्रेम बर्साउँछन् । हालै कृष्णाले एकपटक पुनः आफ्नो बोल्ड तस्बिर सोसल मिडियामा साझा गरिन् जहाँ उनलाई एक प्रयोगकर्ताले ट्रोल गरिदिए । अन्य सेलिब्रिटी झैं कृष्णाले पनि प्रयोगकर्तालाई कडा जवाफ फर्काएकी छिन् ।

कृष्णाले निकै बोल्ड र ग्ल्यामरस तस्बिर आफ्नो इन्स्टा अकाउन्टमा साझा गरिन् । यो तस्बिरमा उनले बिकिनी लगाएको देख्न सकिन्छ । यो तस्बिर साझा गर्दै कृष्णाले आफूलाई ‘वाइल्ड चाइल्ड’ बताएकी छिन् ।

एक प्रयोगकर्ताले कृष्णाको यो तस्बिरमा कमेन्ट गर्दै लेखे, ‘म्याडम तपाईंका भाइ टाइगर कति राम्रा छन् र तपाईं त्यति नै बेकार । तपाईंलाई लाज लाग्दैन । यो तस्बिर तपाईंका आमा–बुवाले हेर्नुहुन्न र ?’

यसमा कृष्णाले जवाफ फर्काएकी छिन् ।

कृष्णाले लेखिन्, ‘तपाईंको चिन्ताका लागि धेरै धेरै धन्यवाद । भाडमा जाउ । ’ कृष्णाले थपिन्, ‘कसैले मेरो मेसेज उल्था गरेर उसलाई बुझाइदेउ ।’

कृष्णाले बिकिनीमा तस्बिर साझा गरेको यो पहिलो घटना होइन । उनले आफ्नो बिकिनीमा खिचिएको तस्बिर धेरैपटक सेयर गर्ने गर्छिन् ।

स्मरण रहोस्, टाइगर र कृष्णाको बन्डिङ निकै राम्रो छ । दुबैलाई थुप्रैपटक सँगै जिममा देख्न पनि सकिन्छ । टाइगर आफ्नो फिटनेसको जति ख्याल राख्छन् कृष्णा पनि असाध्यै जिम जान्छिन् । उनी जिममा घण्टौं पसिना बगाउँछिन् र आफ्नो सुगठित शरीर सोसल मिडियामा देखाइरहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप