सागरले ल्याए ‘संघर्ष’, भिडियोले देखाउँछ काठमाडौंमा संघर्ष गर्नेको व्यथा
काठमाडौं । गायक सागर कुवँरले ‘संघर्ष’ बोलको र्याप गीत सार्वजनिक गरेका छन् । भरतपुरका सागर विगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका छन् । मानिसले संघर्ष गर्नेक्रममा भोगेका पीडालाई प्रेरणाका रुपमा लिनुपर्ने सन्देश उनले यस गीतबाट प्रवाह गर्न खोजेका छन् । सपनालाई पूरा गर्नका लागि संघर्ष अनिवार्य रहेकाले यसबाट विचलित हुन नहुने सन्देश उनले भिडियोमार्फत पनि दिएका छन् । गीतको भिडियो काठमाडौं छिरेको एक व्यक्तिको संघर्षमा केन्द्रीत छ ।
भिडियोको सम्पादन तथा निर्देशन अनुप राईले गरेका हुन् । त्यस्तै, गीतको मिक्सिङ र मास्टरिङ मिस्ट चाम्ब्लिङले गरेका छन् । भिडियोमा सागर कान्छोले अभिनय गरेका छन् भने डिओपी रविन लामाले कलरिस्टको काम समेत गरेका छन् । त्यस्तै, हिमाल खड्का र कर्मा लामाले गीतको छायाँकन गरेका छन् । यस भिडियोमा मेकअप को काम मन्जिला मानन्धरले गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)