बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मेको ५ दिनमै कोरोना संक्रमण, ११ औं दिनमा भेन्टिलेटरमा

मङ्गलबार, ३१ चैत २०७७, १४ : ३४
मङ्गलबार, ३१ चैत २०७७

 ११ दिनका बालक अहिले कोरोनासँग जुधिरहेका छन् । भारतको सुरतस्थित नाना बराछा क्षेत्रमा सुरत डायमन्ड एशोसियशनका तर्फबाट सञ्चालित अस्पतालको भेन्टिलेटरमा यी नवजात शिशुको उपचार भइरहेको छ । 
बाल विशेषज्ञहरुका अनुसार यी बच्चाकी आमा संक्रमित थिइन् । आमामार्फत बच्चामा पनि संक्रमण स¥यो । यी बच्चालाई अहिले रेमडेसिविर इन्जेक्सन लगाइएको छ भने बच्चाको स्वास्थ भने सुधार हुँदैछ । 

एक्स– रे गरेपछि संक्रमणबारे थाहा भयो 
अस्पतालमा भर्ती भएकी महिलाको सबै रिपोर्ट सामान्य थियो । प्रसवपछि बच्चाको एक्स–रे गरियो, त्यो पनि सामान्य थियो । जन्मेको पाँचौ दिन एक्स–रे गर्दा रिपोर्ट ठिक देखियो । यसपछि शंका लागेर कोभिड–१९ परीक्षण गराइयो । 
अनि, बच्चामा संक्रमण भएको पत्ता लाग्यो । आमाको रिपोर्ट पनि पोजेटिभ आयो । 

आशा डाक्टरमा 
डायमन्ड अस्पताल कोभिड अस्पताल होइन, तर बच्चाको जन्म यही भएको थियो । त्यसैले कोभिडको उपचार पनि यही अस्पतालले गर्दैछ । आमा र शिशु दुबैको अवस्था अहिले सुधारोन्मुख रहेको बालरोग विशेषज्ञ अल्पेश सिंघवीले बताए । 

गर्भवती महिलालाई सावधान रहन अपिल
डाक्टर अल्पेशले कोरोनाको लक्षण देखिनासाथ तुरुन्तै परीक्षण गराउन अपिल गरेका छन् । रोग लुकाउँदा खतरा पैदा हुनसक्ने उनले बताएका छन् । त्यस्तै, समयमै नवजात शिशुलाई हुने खतरा टार्नका लागि गर्भवती महिलाहरु विशेष सजग रहनुपर्ने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप