नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेस्ट सेभिङ अफर’, चामल र तेलमा विशेष छुट
काठमाडौं । नेचर सुपर मार्केटले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेस्ट सेभिङ अफर’ ल्याएको छ । अफर अन्तर्गत निलकमल ब्रान्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ ।
निलकम सोयाविनमा प्रति लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रति लिटर २३ रुपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक केजीको २ सय ५६ रुपैयाँ पर्नेमा अफर मूल्य १ सय ७५ मात्रै कायम गरिएको छ ।
ग्यालेक्सी प्रिमियम बासमती २० केजीको मूल्य ३ हजार ३ सय ६० रुपैयाँ रहेकोमा अफर मूल्य २ हजार ६ सय ५० कायम गरिएको छ । यो चामलमा ग्राहकले ७ सय १० रुपैयाँ बचत गर्न सक्नेछन् । वैशाख १ गतेबाट लागु हुने यो अफर जेठ १ गतेसम्म जारी रहने अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए । नेचर सुपर मार्केटले मैतीदेवी र नरेफाँटमा रहेका दुवै शाखाबाट यो विशेष अफर प्रदान गरिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’