वन प्राविधिहरुको चुनावमा माओवादी र एमाले पक्ष विजयी
मङ्गलबार, ३१ चैत २०७७, २० : १४
१
काठमाडौं । वन प्राविधिकहरुको चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले पक्षले जित हासिल गरेको छ । चैत २८ गते सम्पन्न चुनावमा लोकतान्त्रिक समूहलाई पराजित गर्दै माओवादी र एमाले पक्ष विजयी भएको हो ।
माओवादी र एमाले पक्षका डा.किरण पौडेल ८८६ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका राकेश कर्णले ८५७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गायत्री कार्की निर्वाचित भएकी छन् भने महासचिवमा कृष्णप्रसाद वस्ती निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा नवराज पुडासैनी, कोषाध्यक्षमा लालबाबु झा र सह कोषाध्यक्षमा अम्बिकाप्रसाद खतिवडासहित १३ जना निर्वाचित भएका छन् । निर्वाचित टिमले आजै सपथ ग्रहण गर्दैछ ।
कसले कति मत ल्याए ? तलको सूची हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै