सारडाको घरबाट ४१ लाख बराबरको सुनचाँदी लुटपाट
सिरहा । सिरहाको लहान नगरपालिका ७ मा रहेको महालक्ष्मी ज्वेलर्सका प्रोप्राइटर राजेश सारडाको घरमा लुटेरा समूहले फिल्मी शैलीमा लुटपाट गरेको छ । लुटेरा समूहले सोमबार बेलुका घरका सबैलाई नियन्त्रणमा लिएर सुन चाँदीको गहना लुटेको हो ।
लुटेराहरु सारडाकै बा १० च ९३०२ नम्वरको कारमा राखेर डाकाहरु भगेका थिए । घटनाको करिव ३ घण्टाभित्रै लहानभन्दा करिव ४० किलोमिटर पश्चिम दक्षिण कल्याणपुर नपा १२ बेलहाबाट लुटिएका सुन चाँदी र कार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा.तपनकुमार दहालले भने ।
प्रहरी लुटेराहरुबाट चाँदीको गलामा हसुली ७७ थान, गोडामा लाउने कल्ली ६० थान, चुरी २६ थान, पायल (पाउजु) ८२ थान र चाँदीको सिक्का २ सय ७४ थान ४४ केजी २ सय ११ ग्राम चाँदी र ८ ग्रामको सुनको ब्रासलेट बरामद गरिएको बताएको छ । ४० लाख ६९ हजार २ सय ८८ रुपैयाँको चाँदी र ६१ हजार ९ सय ९५ रुपैयाँको सुन रहेको बताइएको छ ।
लुटिएको गहना र गाडी इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सारडाको अवस्था अझै अचेत रहेकाले यति नै सामान लुटिएको एकिन भने भैसकेको छैन । हतियारधारी समूहले दुई वटा दराजको लकर फोडेर सुनचाँदी लुटेको सारडा परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन