शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, पत्रकारको  मृत्यु

मङ्गलबार, ३१ चैत २०७७, २२ : ४१
मङ्गलबार, ३१ चैत २०७७

कपिलवस्तु । मंगलबार साँझ मोटरसाइकल दुर्घटनामा  परेर  कपिलवस्तुका  पत्रकार नन्दराम  पौडेलको  निधन  भएको  छ  । कपिलवस्तुको बाणगङ्गा  नगरपालिका ८  मा  उनी  चढेको  लु ५८६  प  ६४४१  नम्बरको  मोटरसाइकल ट्रकमा ठोक्किँदा पत्रकार पौडेलको  मृत्यु भएको  कपिलवस्तु प्रहरी  प्रवक्ता डिएसपी धर्मराज  भण्डारीले बताए ।  

४५  वर्षीय पौडेल  बुद्ध आवाज  साप्ताहिकका  प्रधान सम्पादक  थिए ।  पत्रिकाको  सेटिङ्ग  गरेर  बुद्धभूमि  ४  स्थित घर  फर्किने  क्रममा  उनी  दुर्घटनामा  परेका  हुन्  । उनी  बुटवलबाट  प्रकाशित  मेचीकाली  दैनिकका सम्वाददाता  र  इन्सेकका  कपिलवस्तु प्रतिनिधि समेत  थिए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप