शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १४ सय ८० जनाको निधन

मङ्गलबार, ३१ चैत २०७७, २३ : २१
मङ्गलबार, ३१ चैत २०७७

एजेन्सी । ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक हजार नाघेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यहाँ यो संक्रमणबाट कम्तीमा पनि एक हजार ४८० जनाको ज्यान गएको छ । यहाँ गएका कैयौँ दिनदेखि कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या कम्तीमा पनि एक हजार घटेको छैन । सोमबार पनि यहाँ ठूलो संख्याका नागरिक यस महामारीबाट संक्रमित बढेका छन् । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र पनि ३५ हजार जना भन्दा बढी व्यक्तिमा यो महामारीको संक्रमण देखा परेको छ । प्राप्त समाचारमा यो महामारीबाट यहाँ दिनहुँ हजारौँ जना संक्रमित हुने गरेका पनि बताइएको छ । 

यहाँ कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३ लाख ५४ हजार ६१७ जनाको ज्यान गएको छ । ब्राजिल कोरोनाको संक्रमणबाट ज्यान जानेमा दोस्रो नम्बरमा पर्दछ । कोरोना महामारीबाट सबैभन्दा धेरै नागरिकको मृत्यु भएको भने संयुक्त राज्य अमेरिकामा हो । अमेरिकामा पनि यो महामारी पछिल्लो समयमा झनै बढ्दै गएको देखिएको छ । 

ब्राजिलमा १ करोड ३५ लाख जना नागरिकमा यो संक्रमण देखिएको छ । प्राप्त समाचार अनुसार यहाँ सोमबार सम्ममा संक्रमित हुनेको संख्या १ करोड ३५ लाख १७ हजार ८०८ जना पुगेका छन् । ब्राजिलको साओ पाओलो शहर यहाँको सबैभन्दा धेरै प्रभावित शहर हो । यो शहरका मात्र ८० हजार जनाभन्दा बढी नागरिकले यही महामारीबाट ज्यान गुमाएका बताइएको छ ।  –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप