शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हमलामा इरानको परमाणु संयन्त्र बर्बाद भएको खुलासा

बुधबार, ०१ वैशाख २०७८, ०८ : ४१
बुधबार, ०१ वैशाख २०७८

आइतबार भएको हमलामा इरानको सबैभन्दा महत्वपूर्ण परमाणु केन्द्रका हज्जारौं मसिन कि त खराब भएको कि बर्बाद भएको इरानी अधिकारीले बताएका छन् ।

इरानी संसद्को अनुसन्धान केन्द्रका प्रमुख अलिरेजा जकानीले यो घटनाका कारण इरानको परमाणु सामग्रीलाई परिष्कृत गर्ने क्षमता समाप्त भएको बताएका छन् ।

एक अन्य अधिकारीले नतांज परमाणु केन्द्रको जुन भागमा उक्त हमला भयो त्यो जमिनभन्दा पचार मिटर मुनी भएको जानकारी दिए । इरानले यो हमलालाई परमाणु आतंकवाद बताउँदै इजराइललाई यसका लागि जिम्मेवार बताएको छ ।

 यस्तै इजराइलले आफ्नो भूमिकाको न नै पुष्टि गरेको छ, न यसको खण्डन गरेको छ । तर इजराइलको सरकारी रेडियोले गोप्य स्रोतलाई उद्धृत गर्दै यो इजराइलको गुप्तचर एजेन्सी मोसादको एउटा अपरेशन भएको बताएको छ । इरानले प्रभावित सेन्ट्रीफ्यूजलाई फेर्ने बताएको छ ।

 सेन्ट्रीफ्युज त्यो मेसिन हो जसमा युरोनियमको संवर्धन गरिन्छ जसलाई पछि परमाणु ऊर्जा बनाउन प्रयोग गरिन्छ । अत्यधिक उन्नत सेन्ट्रीफ्युजमार्फत् परमाणु बम पनि बनाउन सकिन्छ ।

इरानलाई कति हानी भयो ?

इरानले सुरुवातमा नै सेन्ट्रीफ्यूजमा क्षती पुगेको बताएको थियो तर योभन्दा बढी जानकारी दिएको थिएन ।

अब सरकारी टिभी च्यानमा बोल्दै जकानीले परमाणु संयन्त्रमा भारी क्षती पुगेको बताएका छन् ।

उनले प्रश्न गरे, ‘उनीहरु हाम्रो बिजुली सिस्टममा घुस्छन् र एकैपटक थुप्रै हजार सेन्ट्रीफ्यूजलाई कि त नष्ट पारिदिन्छन् कि यसमा हानी गरिदिन्छन्, के यो सामान्य कुरा हो ?’

‘के हामी आइतबारको यो घटनामाथि संवेदनशील हुनु पर्दैन जसले हाम्रो सम्वर्धनको क्षमतालाई नै नष्ट गरिदिएको छ ?’

यस्तै अमेरिकी गुप्तचर अधिकारीले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा आणविक संयन्त्रमा एउटा ठूलो बिस्फोट भएको बताए । यसका कारण भूमिगत संयन्त्रभित्र स्थापित सेन्ट्रीफ्यूजलाई बिजुली पुर्याउने पावर सिस्टम पूर्ण रुपमा बर्बाद भएको छ ।

उनका अनुसार यो बिस्फोटपछि त्यहाँ पुनः युरेनियमको संवद्र्धन सुरु हुन कम्तीमा ९ महिना लाग्नेछ ।

स्रोत: बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप