शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नायिका ऋचा शर्मा गर्भवतीः भन्छिन् ‘आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभास भइरहेको छ’

बुधबार, ०१ वैशाख २०७८, ०८ : ५९
बुधबार, ०१ वैशाख २०७८

नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा गर्भवती भएकी छिन् ।

नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् ।

ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’

प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साँच्चै नै सौभाग्यको कुरा हो ।

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने...

Posted by Reeccha Sharrma on Tuesday, 13 April 2021

आफूभित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजीवनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु ।’

यो क्रममा उनले आफ्नी दिवंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’

त्यसपछि अन्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप