कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो ।
दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । लामो समयसम्म एकै स्थानमा फोहर व्यवस्थापन हुँदा स्थानीय बासिन्दाको स्वास्थ्य, शिक्षालगायतमा प्रत्यक्ष असर गरेको भन्दै त्यहाँका नागरिकले समयसमयमा फोहर विसर्जन कार्यमा अवरोध गर्दै आएका छन् ।
अध्यक्ष शाक्यले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङका स्थानीयवासीसँग भएको सहमतिका बारेमा जानकारी गराएका थिए । बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजश्व प्रशासन, कोभिडका कारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन गर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही