शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केकेआरको लज्जास्पद हारपछि निराश भए शाहरुख खानः ट्वीटरमा प्रशंसकसँग माफी मागे

बुधबार, ०१ वैशाख २०७८, १० : ०७
बुधबार, ०१ वैशाख २०७८

बलिउड सुपरस्टार शाहरुख खान फिल्म इन्डष्ट्रिका त ‘बादशाह’ त हुन् नै उनको क्रिकेटमा पनि विशेष रुची छ । यसैकारण उनी आइपीएलको टीम केकेआरका सह मालिक हुन् । हालै केकेआरले चेन्नईमा मुम्बई इन्डियन्ससँग एक खेल खेल्यो । जसमा केकेआरले हार व्यवहोर्नुपर्‍यो । यसै हारपछि केकेआरका प्रशंसक उनीसँग निकै रिसाएको देख्न सकिन्छ । प्रशंसक रिसाएको देखेपछि शाहरुख खानले केकेआरको हारका लागि एउटा ट्वीट गरेर माफी मागेका छन् ।

शाहरुखले मागे प्रशंसकसँग माफीः

केकेआरको यो हारपछि टिमका सह–मालिक शाहरुखले एक ट्वीट गरे । जसमा उनले प्रशंसकसँग माफी मागे । शाहरुखले यो ट्वीटमा लेखे, ‘निराशाजनक प्रदर्शन, कम शब्दमा भन्नेछु, सबै कोलकाता नाइट राइडर्स प्रशंसकसँग माफी चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप