शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्ष कुन राशिका लागि शुभ ?

बुधबार, ०१ वैशाख २०७८, ११ : ३९
बुधबार, ०१ वैशाख २०७८

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

मेष राशि भएका व्यक्तिहरुका लागी समग्रमा वर्ष २०७८ शुभ रहनेछ । वर्षभरि नै लाभ भाव र राज्यभावमा गोचर गर्ने वृहस्पतिको अनुकुल प्रभावले विशेष गरी स्कुल,कलेज,कन्सल्टेन्सी,पर्यटन,होटल व्यावसाय,शेयर बजार र बैक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यवसायकै सवालमा लामो दुरिको यात्राको तय गर्न सक्नेछ । भाग्यले प्रेम पात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडीहरुको आफ्नो प्रेमसम्वन्ध विवाहमा परिणत हुनेछ । वर्ष भरि नै वृहस्पतिको दृष्टि सन्तान भावमा पर्ने हुनाले बंश बृद्धिको गतिलो योग रहेकोछ ।

वर्ष भरि नै राज्य भावमा शनि स्वगृह भएर शश नामको पञ्च महापुरुष योगको निर्माण गर्ने हुनाले सरकारी नोकरीमा प्रवेश,पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिसियल यात्रा हुनेछ ।

कर्मभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले कम्प्युटर पार्ट्स,इलेक्ट्रिक सामान,घर जग्गा,इन्जिनियर,हार्डवेयर,फ्याक्ट्री तथा उत्पादनमुखि व्यावसाय विगत भन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यावसायमा विशेष गरी निर्माण सामग्री,औषधी र गाडी वा इन्जिन सम्बन्धी सामानको व्यापार व्यावसाय गर्नेहरुका लागी शनिले साथ दिनेछ ।

विद्यार्थीहरुमा तार्किक क्षमतामा बृद्धि हुनेछ भने अध्ययनमा एक कदम अगाडी बढि नतिजा आफैतिर ल्याउन  सकिनेछ । कानुन विषय लिई अध्ययन गर्ने विद्यार्थीहरुका लागी न्याय क्षेत्रमा प्रबेश गर्नको लागी समय उत्तम रहनेछ । टेक्निकल विषय जस्तै मेकानिकल इन्जिनियर,फार्मेसी,डाक्टर,पाइलट र भुगोल सम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागी समयले साथ दिनेछ । अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय हुनेछ भने विदेशमा बसेर अध्ययन गर्ने अवसर प्राप्त हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी यो वर्ष उत्तम रहनेछ ।

तरपनि वर्षभरि नै  धन स्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पतीको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पती फस्ने तथा कुटुम्बसँगको सम्वन्धमा दरार पैदा हुनेछ ।

राशि स्वामी मंगल मंसिर २१ गतेबाट माघ ०४ गतेसम्म अष्टम भावमा स्वगृह भएर बस्ने भएकोले नसोचेको धन सम्पत्ति हात लागी हुने योग रहेको छ भने यो समयमा केतु पनि सँगै रहने हुनाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

 यो वर्ष वृहस्पति,शनि लगायत अन्य ग्रहको अनुकुल प्रभावले दीर्घकालिन रोगहरु जस्तै मोटोपन,कोलस्ट्रोल, प्यारालाइसिस, मृगौला,कलेजो आदि रोगका विरामीहरूले स्वास्थ्यमा सुधार आएको महशुस गर्नेछन् ।  

आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष राशि हुनेहरुका लागी शुभ रहनेछ । मेष राशि भएका व्यक्तिहरुले प्रत्येक मंगलबार गणेश भगवानको पूजा तथा आराधना गरी गणेश भगवानलाई खुशी बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । राहु केतुको प्रभाव नकारात्मक रहने हुनाले बटुक भैरभको पूजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पूजा गर्नाले थप लाभ मिल्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वृष राशि भएका व्यक्तिहरुका लागी वर्षको समय शुभ रहनेछ । वर्षभरि नै भाग्य भाव तथा राज्यभावमा गोचर गर्ने वृहस्पतिको अनुकुल प्रभावले स्कुल,कलेज,मन्टेश्वरी,बैक तथा वित्तिय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ भने शिक्षा तथा बैक तथा वित्तिय क्षेत्रमा काम पाउने तथा बढुवा हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । आफुलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चनेहरुका लागी समय उत्तम रहेको छ भने जनताको समर्थन प्राप्त हुनाले पद प्राप्त हुनेछ ।

भाग्य भावमा शनिको गोचर शुभ रहने हुनाले निर्माण सामाग्री,हार्डवयेरको व्यापार,अटो पार्टस्,गाडी तथा ईञ्जिन सम्बन्धी काम र फाली फलामको काम गर्नेहरुका लागी यो वर्ष शुभ रहनेछ भने प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् । फ्याक्ट्री तथा उत्पादनमूखी व्यावसायबाट लाभ मिल्नेछ । न्यायालयको क्षेत्रमा काम गर्ने अवसर आउने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् ।

प्लस टु सकेर वा सो भन्दा माथिल्लो लेबल अध्ययन गर्नको लागी लामो दुरिको यात्रा हुनेछ भने धर्म संस्कृति तथा रीतिरिवाज जोगाउने काममा तपाईँको भूमिका रहनेछ । त्यस्तै धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृति भइनेछ । भाग्यले असल प्रेम पात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ ।

गीत संगित तथा मोडलिङको क्षेत्रमा समय लगानी गर्ने तथा कलाकारिताको भूमिकामा देखिनेहरूका लागी समयले साथ दिनेछ ।  कलाकृतिसँग सम्बन्धित काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ भने आफ्नो कला देखाउन देश विदेशको यात्राको तय गर्न सकिनेछ ।

वर्षभरि नै व्यापार भावमा केतुको गोचर भने मध्ययम रहनेछ । साझेदारी व्यापारमा मनमुटाब सिर्जना हुनेछ । भौतिक सम्पती हराउने,सवारी साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेकोछ ।  आर्थिक मन्दि तथा काममा ढिला सुस्तीकाे चपेटामा परिनेछ । घरपरिवारमा जीवन साथीसँग मनमुटाब बढ्ने तथा आत्मीय जन सँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ ।

राशि स्वामी शुक्र वैशाख २० गतेबाट जेष्ठ १३ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य योगको  निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारी साधन विलाशी वस्तु जोड्न सकिनेछ । शुक्र पुनः भाद्र २१ गतेबाट असोज १६ गतेसम्म प्रतिस्पर्धा भावमा स्वगृह भई गोचर गर्ने हुनाले न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

आर्थिक दृष्टिकोणले साउन,कार्तिक,फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ । प्रत्येक शुक्रबार इन्द्रायणी देवीको दर्शन,पूजा आराधना गर्नाले र राहु र केतुको नकारात्मक प्रभावबाट बच्नको लागि प्रत्येक आईतबार भैरवको दर्शन र पूजा गर्नाले तपाईंका दिनहरू थप फलदायी रहनेछन् । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन राशि हुनेहरुका लागी यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । वर्ष भरि नै अडैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । साझेदारी व्यावसायमा साझेदारहरू बीच नै सैद्धान्तिक राय बाझिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिस,सुगर,मोटोपन, उक्त रक्तचाप,पत्थरी तथा मिर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झूटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइरहनेछन् । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह,उच्च तथा  चिनाको ३,६,११ भावमा भए शनिको अढैया शुभ नै रहनेछ ।

असोज १६ गतेबाट कार्तिक २२ गतेसम्म कष्ट भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले शिक्षा क्षेत्र र बैक तथा वित्तिय क्षेत्र र शेयर बजारको लगानीमा मन्दी आउनेछ । तरपनि वर्षको पूर्वाद्ध र उत्तरार्द्धमा वृहस्पति भाग्य भावमा गोचर गर्ने हुनाले रोकिएका काम थोरै समय दिएर सम्पादन गर्न सकिनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । अध्ययनले नयाँ गति लिनेछ अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ । व्यवसायमा उल्लेख्य प्रगती हुनेछ । प्रयत्न गर्दा नोकरी पाइनुका साथै दाम,इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । भाग्यले मन मिल्ने प्रेम पात्र जुराउनुका साथै गृहस्थीको बलियो जग बस्नेछ । सन्तानका माध्यमबाट सुख प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

वर्षभरि नै राहु र केतुको गोचर शुभ रहनेछ । विदेश भावमा गोचर गर्ने राहुको प्रभावले विदेशी वा कुटनीतिको क्षेत्रमा काम गर्न चाहनेहरुका लागी समयले साथ दिनेछ । परराष्ट्र,एनजिओ,आईएनजीओ, विदेशी सामानको व्यापार व्यावसाय र विदेशी सामानको व्यापार गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउनेछन् । कामकै सवालमा अफिसियल यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रतिस्पर्धा भावमा गोचर गर्ने केतुको शुभ प्रभावले नोकरी वा राजनीतिमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको उपलब्धी हासिल गर्न सकिनेछ ।

राशि स्वामी बुध असार २१ गतेबाट श्रावण ०७ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र ०९ गतेबाट कार्तिक १५ गतेसम्म चौथो भावमा प्रबेश गरी पुनः भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्स पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।

प्रतिकुल समयमा शनिको मन्त्र जप तथा बटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आराधना गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले वैशाख,भाद्र, मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कर्कट राशि हुनेहरुका लागी यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । वर्षभरि नै कष्ट भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले घर जग्गा, हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउनेछ । स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला । शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानी गर्न सकिनेछ । पुराना समस्या दोहोरिने तथा घर व्यावहारको समस्याले आर्थिक उन्नती गर्न सकिने छैन । तरपनि असोज १६ गतेबाट कार्तिक २२ गतेसम्म व्यापार भावमा गोचर गर्ने वृहस्पतिले व्यापार व्यावसायमा बढोत्तरी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी गर्ने वातावरण बनाउन सकिनेछ  भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य वरवधुको लगन गाठो बाँधिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ । कृषि तथा चौपाया व्यावसायमा लगानी बढाई प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

वर्षभरि नै शनि व्यापार भावमा शश नामको पञ्चमहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादन मुखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवेयरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेकोछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना देखिन्छ । प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ । व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ ।

 अर्कोतर्फ वर्षभरि नै लाभ भावमा राहु र बिद्या भावमा केतुको गोचर शुभ रहनेछ । बिद्या भावमा गोचर गर्ने केतुले टेक्निकल विषयको अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने  लाभ भावको राहुले एनजिओ,आईएनजिओ,विदेशी लगानीबाट सञ्चालित संस्था, कन्सल्टेन्सी र मेनपावर जस्ता क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैशाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिष्णु भगवानको को पूजा तथा पिपलमा जल चढाउँदा लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागी बटुक भैरवको पूजा तथा आराधना गर्दा लाभ मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

सिंह राशि भएकाहरुका यो वर्ष शनि, वृहस्पति र राहुको गोचर शुभ रहनेछ । वर्षभरि नै प्रतिस्पर्धा भावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले उत्पादनमूखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवेयरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्यख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

त्यस्तै वृहस्पतिको प्रतिकुल प्रभावले शेयर बजार,स्कुल,कलेज,सहकारी,इन्सुरेन्स,बैङ्क तथा वित्तिय क्षेत्र सँग सम्वन्धीत व्यावसायमा समय खर्चिनेहरुका लागी समय मध्ययम रहेकोछ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामूखि व्यावसाय र सेवामुखी व्यावसाय फस्टाएर जानेछ । प्रयत्‍न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा माङ्गलिक कामहरु हुनेछन् ।

वर्ष भरि नै कर्म भावमा गोचर गर्ने राहुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतीको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउने, पदोन्नति हुने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिने हुदा राज्यबाट पद पाउने,नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ । तरपनि हृदय भावमा केतुको उपस्थितिले मनोविकार निम्त्याउने हुँदा परिस्थितिले विवादास्पद भूमिकामा अवतरण गराउन सक्छ । सामान्य कमजोरीले परिवार र समाजमा आलोचित भइने र प्रतिष्ठामा बाधा पुग्ने सम्भावना छ ।

 प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा मन विकाररहित हुनेछ र सम्भावित समस्या टर्नेछन् । राहु र केतुजन्य कर्मदोष निवारण गर्न वटुक भैरव र छिन्नमस्ताको पूजा गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि हुनेहरुका लागी वर्षको समय मध्ययम रहनेछ । वर्षको पूर्वाद्ध र उत्तरार्द्धमा ऋण,रोग र शत्रु भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावश्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कुटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउन कडा मेहनत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

वर्षभरि नै बिद्या,बुद्धि र सन्तान भावमा गोचर गर्ने शनिले घरेलु समस्यासँग संघर्ष गर्नुपर्ला । शनिको प्रभावले मन अशान्त रहनेछ भने सगोलको सम्पतिमा भागबण्डा लाग्न सक्छ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्त्याउने हुँदा एकल अवधारणातर्फ अग्रसर भइनेछ । विद्रोहीहरूको दबाब र झमेला बढ्ने योग रहेकोछ । व्यक्तिगत र सामाजिक अनुशासन पालना नगर्दा स्वास्थ्यबाधा र कर्मबन्धनका उल्झनले सताउनेछन । जन्मकुण्डलीमा शनि–प्रतिकूल हुनेहरूलाई सदाचारमा नरहदा आलस्य, ढिलासुस्ती, अध्ययन र खानपानमा अरुची,कार्यबाधा र अर्थहानी जस्ता समस्या आउनेछन् । सन्तान तथा आफन्तसँग घरायसी कुरामा राया बाझिने वा विवाद हुनेछ ।

तरपनि वर्षभरि नै राहु र केतुको गोचर शुभ रहने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सद्भावना रहेकोछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने वा बढुवा हुने योग रहेकोछ । पराराष्ट्र,एनजिओ,आईएनजीओमा तपाईँको उच्च स्तरको सहभागिता हुनेछ भने अफिसियल यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

दाजुभाई वा छिमेकीसँग मिलेर गरिने पेशा व्यावसायबाट लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना लेख तथा रचनाहरु जनमानसमा लैजान सकिनेछ । विदेशी भाषा तथा टेक्निकल शिक्षा लिई अध्ययन गर्नेहरुका लागी समयले साथ दिनेछ ।

राशि स्वामी बुध आषाढ १९ गतेबाट श्रावण ०७ गतेसम्म राज्य भावमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र ०९ गतेबाट कार्तिक १६ गतेसम्म राशिमा प्रवेश गरी पुनह भद्र योग र बुध आदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्स पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।

जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुक भैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरू फलदायी रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउन,मंसिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तुला राशि हुनेहरुका लागि वर्ष २०७८ मध्ययम रहनेछ  । वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती,मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आघात पुग्ने,मानसिक चिन्ता तथा स्वास्थ्य सम्वन्धी समस्या देखापर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । यात्राका सवालमा केही कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनावस्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । मोटोपन,कोलस्ट्रोल,जन्डिस,फोक्सो तथा मुटु रोगीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलीमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।

कष्टभावमा हुको स्थानान्तरणले स्वास्थ्यमा बाधा,चोटपटक र अर्थहानी जस्ता समस्या देखापर्न सक्छन् । आफ्नो उपलब्धी र भोगाधिकारीले जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । कुटुम्ब भावमा वर्ष भरि नै गोचर गर्ने केतुले कुटुम्ब तथा आफन्तसँग लामो समयदेखि गरिरहेको काममा मनमुटाब सिर्जना भई काम छोड्नु पर्ने हुन सक्छ । धन सम्पती सापटीको रुपमा लिँदा वा लगानी गर्दा फस्न सक्छ ध्यान दिनुहोला ।

 तरपनि वर्षभरि नै वृहस्पतिको गोचर शुभ रहनेछ । पशुपालन तथा कृषि व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । अकस्मात धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । कीर्तिमान काम गरि प्रसिद्धि कमाउन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । स्कुल,कलेज तथा बित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम गर्न सकिनेछ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार बनाउन सक्छ ।

 राशि स्वामी शुक्र बैशाख २० गतेबाट जेष्ठ १३ गतेसम्म अष्टम गोचर गर्ने हुनाले नसोचेको धन तथा सम्पती हात लागी हुनेछ । लट्री तथा चिठ्ठा  पर्ने र देश विदेशको यात्रा गर्न सकिनेछ । शुक्र पुनः भाद्र २१ गतेबाट असोज १६ गतेसम्म राशिमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने हुनाले व्यवसायमा उतारचढाव आए पनि मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । कृषि तथा पशुपालनमा सामान्य फाइदा भइरहनेछ । टाढिएका सन्तानहरूलाई माता र मातृभूमि प्रति श्रद्धा बढ्नेछ । गीत संगित तथा मोडलिङ क्षेत्रका काम गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

आर्थिक दृष्टिकोणले साउन,भाद्र, पौस तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देवी तथा बंगलामुखीको दर्शन, पूजा तथा आराधना, तथा वृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वृश्चिक राशि हुनेहरुका लागि वर्ष २०७८ मिश्रित रहनेछ । पराक्रम भावमा गोचर गर्ने शनि भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा, ठेक्कापट्टा,गाडी तथा इन्जिन सम्बन्धित कामबाट आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विदेशी भाषा तथा बिदेशी सस्कार संस्कृतिको अनुशरण गर्नेशरुका लागी समय उत्तम रहेकोछ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धब बाट भरपूर सहयोग पाईने तथा स्त्री बर्गबाट सहयोग पाईनेछ । माछापालन, हाँस पालन, हाइड्रो इन्जिनियर, पौडीबाज जस्ता क्षेत्रमा बिशेष चासो रहनेछ ।

वृहस्पतिको अनुकूलताले बिद्यार्थीहरुका लागी समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी वर्ष शुभ रहनेछ । स्कुल,कलेज,फार्मेसी,अस्पताल,बैक तथा वित्तिय जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पती जोड्ने योग रहकोछ । राजनीतिमा लाग्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने सम्भावना छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेकोछ । बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेती हरुलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।

 
वर्ष भरिने राशिमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पत्ति​ तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउनेछ ।

राशि स्वामी मंगल मंसिर २२ गतेबाट माघ ४ गतेसम्म राशिमा गोचर गरी रुचक योगको निर्माण गर्ने हुनाले आट,साहस तथा पराक्रममा बृद्धि भएर जानेछ । घर जग्गा जोड्ने तथा हार्डवेयर,फलामको व्यावसाय फस्टाएर जानेछ । फाल्गुण १८ गतेबाट वर्षको अन्त्यसम्म पराक्रम भावमा गोचर गर्ने उच्च मंगलको प्रभावले छोटो तथा लामो दुरिको यात्रा हुनेछ । पढाइका अलावा अतिरिक्त क्रियाकलापमा भाग लिई मनग्गे लाभ लिन सकिनेछ ।

 
आर्थिक दृष्टिकोणले बैशाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ । बंगलामुखीको पूजा तथा आराधना तथा शनिलाई खुशी पार्नको लागि बिष्णु भगवानको पूजा, पीपलमा जल चढाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि भएका व्यक्तिहरुलाई शनिको अन्त्य साँढेसातीको प्रभावले अशुभ रहेपनि अन्य ग्रहको अनुकुलताले वर्ष शुभ नै रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरुलाई बिभिन्न समस्या आइपर्ने,झूटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आई पर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममूखी फल दिनेछ ।

 
वर्ष भरि नै धन भावमा र पराक्रम भावमा गोचर गर्ने वृहस्पतिको अनुकुल प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा वित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भूउपग्रह, पत्रकारिता, होटल म्यानेजमेन्ट,भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर,हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थीहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुनेछन् ।

वर्ष भरि नै राहु र केतुको गोचर शुभ रहनेछ । अध्ययन वा जागीरमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै तपाईको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरिको यात्रा हुनेछ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेकोछ । परराष्ट्र वा कुटनीतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हात पार्न सकिनेछ । प्रयत्न गर्दा उत्तम रोजगारी प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ ।

साढेसातिको प्रभाव हुनेहरुले महाँकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानी चढाउँदा फाईदा हुनेछ । वृहस्पतिको लागी माता बंगलामुखीकाे पूजा तथा आराधना गर्नाले शुभ फल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपासना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुण महिना राम्रो रहेकोछ ।
 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर राशि हुनेहरुका लागि वर्ष २०७८ शुभ रहनेछ । न्यायालय, इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट, बैक तथा वित्तिय संस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ । डाइरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जेक्युटिभ अफिसर जस्ता पद पाउँने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगती हुनेछ । माया प्रेमको सम्वन्ध विवाहमा परिणत हुनेछ भने जीवन साथिको सहयोगले विशेष  काम गर्ने अवसर प्राप्त हुनेछ ।

वर्षभरि नै बिद्या भावमा गोचर गर्ने राहु र एकादश भावमा गोचर गर्ने केतुले स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय बिदेशमा निर्यात बढ्नेछ भने व्यापार बिस्तारका शिलशिलामा लामो दुरिको समुद्र पारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नती गरी जीवन स्तर उकास्न सकिनेछ । तरपनि मानसिक अस्थिरता बढ्ने योग रहेकोछ भने सन्तानसँग केही विषयमा मतान्तर रहनेछ ।

 
वर्षभरि नै शनिको मध्य साँढेसातीको दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रज हरुसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । सीमित क्षेत्रबाट माथी उठ्न बाधा पर्नेछ । मस्तिष्क भावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति देखापर्नुका साथै जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई झूटा आरोप, कार्य बाधा, आर्थिक कठिनाइ, मानहानी जस्ता समस्या आइ लाग्नेछन् । आलोचक बढ्नाले काम रोकिनेछ । उच्च अधिकारीसँगको विवादले नोकरीमा चुनौती आइलाग्नेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।


शनिको नकरात्मक प्रभावबाट बच्नको लागी महांकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाईदा हुनेछ । वर्षभरि राहु तथा केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार,कार्तिक,मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भ राशि हुनेहरुका लागी पुवाद्र्ध र उत्तराद्र्धको समय राम्रो रहेपनि मध्यका समय संघर्षशील रहनेछ । वर्षभरि नै शनिको आद्य साढेशातिको प्रभाव रहनेछ । साढेशातिको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा,ठेक्कापट्टा जस्ता क्षेत्रमा मन्दी आउनेछ । विदेशी भाषा तथा विदेशी सस्कार संस्कृतिको अनुशरण गर्नेहरुका लागी समयले साथ दिने छैन । बिभिन्न समस्या आइपर्ने, झूटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आई पर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तरपनि जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा हुनेहरुका लागी भने शनिले राम्रा तथा परिणाममूखि फल दिनेछ ।  असोज १५ गतेबाट कार्तिक २२ गतेसम्म खर्च भावमा वृहस्पतिको गोचर अशुभ रहनेछ जसको कारणले गर्दा खर्चिलो काम गर्नुपर्ने स्थिति आउन सक्छ । सञ्चित रकम सकिनाले आर्थिक मन्दीले सताउनेछ । विचौलियाको फन्दामा परिनेछ भने लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्छ ।

 
तरपनि पूर्वाद्ध र उत्तराद्र्धको समयमा वृहस्पतिको अनुकुल प्रभाव रहनेछ,जसको कारण नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रविधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भूउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त  गर्न सकिनेछ । भूमी तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा वित्तिय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । बिद्यार्थीहरुले बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडि हरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिट्ठा प्राप्तिको योग रहेकोछ ।

वर्ष भरि नै सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । आफन्त तथा परिवारजनसँग मतभेद रहनेछ । नेता तथा कर्मचारीहरुलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।

आर्थिक दृष्टिकोणले बैसाख साउँन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । विधिपूर्वक वृहस्पतिको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

यो वर्ष मिन राशि हुनेहरुका लागी मिश्रित फल प्राप्त हुनेछ । वर्ष भरि नै शनिको अनुकुल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा,ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागी यो वर्ष फलदायी रहनेछ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्री बर्गबाट सहयोग पाईनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपार्ईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

वर्षभरि नै पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुको आट,शाहस तथा पराक्रममा बृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमा सहभागि भई देश विदेशको यात्रामा निस्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिसियल यात्रा हुनेछ । पढाइ लेखाइकै सवालमा दक्षिण तथा पश्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी यो वर्ष उत्तम रहनेछ ।

वर्षको पुवाद्र्ध र उत्तरार्द्धको समयमा खर्च भावमा वृहस्पतिको गोचर प्रतिकुल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ ।  स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तरपनि प्रयत्न गर्दा इन्जिनियरिङ,,दूध तथा दुग्ध पदार्थ, गोताखोर, वैज्ञानिक शोध, लेखन,कला साहित्य, मनोरञ्जन, हास्य विधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी यो वर्ष राम्रो रहेकोछ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाँधिने गतिलो योग रहेकोछ । स्कुल,कलेज,कन्सल्टेन्सी,फार्मेसी,अस्पताल,ट्राभल एजेन्सी, तरल पदार्थ, हाईड्रोपावर, अनलाईन व्यापार, प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ ।

आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पुस र माघ महिना उत्कृष्ट रहेका छन् । विधिपूर्वक वृहस्पतिको लागी माता बंगलामुखीको पूजा,आराधना तथा दर्शन र शनिको लागी महांकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।


तपाईंको दिन शुभ रहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप