रुपन्देहीमा जुवा खालबाट ७ जना पक्राउ
बुटवल । रुपन्देहीको सालझण्डीमा जुवा खेल्दै गरेको अवस्था ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर १० स्थित गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ३५ का विजय कुमार सारु, वर्ष ४५ का वीर बहादुर बस्नेत, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउ पालिका वडा नं ८ बस्ने वर्ष ५२ का रेम बहादुर राना, सोही ठाउँमा वर्ष ३८ का ओम बहादुर बलाल, वर्ष ३७ का देवेन्द्र पुन, वर्ष ४० का कुल बहादुर घर्ती रहेका छन् ।
यस्तै सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ५६ का चाम बहादुर गाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ हजार २ सय ५० रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले बताए। उनीहरुलाई जुवा ऐन अुनसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै