बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको अवसर पारेर विष्णुमती सफाइ अभियान थालियो

बुधबार, ०१ वैशाख २०७८, ११ : ५०
बुधबार, ०१ वैशाख २०७८

नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाई अभियान शुरु गरिएको छ । 
बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाई अभियान शुरु गरिएको हो । विष्णुमती सफाइ अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवती क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ ।

 विष्णुमती नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रँदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमती नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए । 
विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाइ छ । 

विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरू र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमती सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप