शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानबाट पाँच महिनाभित्र अमेरिकी सैनिक फिर्ता हुने

बुधबार, ०१ वैशाख २०७८, ११ : ५८
बुधबार, ०१ वैशाख २०७८

अफगानिस्तानबाट अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने बताइएको छ । अमेरिकी अधिकारीले मिडियासँगको कुराकानीमा राष्ट्रपति जो बाइडेनले केही दिन भित्रै यसबारे घोषणा गर्ने अनुमान लगाएका छन् ।

ट्रम्प प्रशासनको तालिबानसँग भएको वार्तामा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिकलाई मेसम्म फिर्ता बोलाउने  निश्चित भइसकेको छ । तर अब अमेरिका यो समयसीमाको पालना गर्न नसक्ने अवस्थामा देखिएको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने नयाँ समयसीमा संयोगवश वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा सन् २००१ मा भएको हमलाको २० औं वर्षगाँठ वरिपरि हुनेछ ।

जो बाइडेनले यसअघि १ मेको समयसीमा पालना गर्न मुश्किल हुने बताएका थिए ।

अमेरिका र नेटोका अधिकारीले कट्टरपन्थी इस्लामी संगठन तालिबानले अहिलेसम्म हिंसा कम गर्ने आफ्नो बचन पूरा गर्न असफल रहेको बताएका छन् ।

बाइडेन प्रशासनका एक अधिकारीले मिडियासँगको कुराकानीमा यदि अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीका बेला कुनै हमला गरे यसको पूरा शक्तिसहित जवाफ दिइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप