शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान, लोकतन्त्र र संघीयता जोगाउन काँग्रेस नेतृत्वको सरकार आवश्यकः प्रकाशमान सिंह

बुधबार, ०१ वैशाख २०७८, १३ : १७
बुधबार, ०१ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् । नेपाली काँग्रेस चितवन खैरहनी नगर समितिद्वारा बुधबार चितवनमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमा नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागि काँग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

‘देशमा सरकार छ कि छैन, भनेर खोज्नुपर्ने अवस्था छ ।’ उनले भने,  ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनैतिक तवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाए । ओलीले तत्काल राजीनामा दिनुपर्छ ।’
साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागी काँग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताए ।

‘नेपाली काँग्रेसले देश र जनतालाई संकट पर्दा सधै महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली काँग्रेस हो । राणा शासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा काँग्रेसले महत्वपूर्ण भूमिका  खेल्ने गरेको छ’ उनको भनाई थियो ।

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमित गरेको भन्दै  प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ । लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुँदा अहिले नेपाली काँग्रेसले संविधान र लोकतन्त्र धरापमा परेकाले काँग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनको भनाई छ ।

यस्तै उनले पार्टीको अधिवेशन निर्धारित समय मा हर हालतमा गर्नुको विकल्प नरहेको बताए । पार्टी विधान को गलत प्रयोग गरेर असहज परिस्थितिमा प्रयोग गरिने विधानका विशेष धारा काम नगरेर गलत प्रयोग भयको समेत बताए ।

पार्टी विधि पद्धतिमा चलाउन नसकेकाले नेतृत्वको कमजोरी रहेको भन्दै पार्टीभित्र सबैले आ–आफ्नो हैसियत र ओैकातभित्र रहनुपर्ने बताए । आगामी महाधिवेशनबाट गलत नेतृत्व चयन भए काँग्रेसको अस्तित्व समाप्त हुने भन्दै सुझबुझ प्रयोग गर्न कार्यकर्तालाई अपिल गरे ।

पार्टीभित्र पुराना इमानदार नेता कार्यकर्ताको अवमूल्यन गरिएकाले पार्टीको यो दुरावस्था आएको उनले बताए । नयाँ वर्षले मजबुत बलियो विधिसम्मत चल्ने जनताको प्रिय पार्टी बनाउन सबैलाई सद्बुद्धि आओस् भन्दै नयाँ वर्षको सिंहले शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप