शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्युठान दुर्घटना : मृतक दुईजनाको सनाखत

बुधबार, ०१ वैशाख २०७८, १३ : ५४
बुधबार, ०१ वैशाख २०७८

गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका ९ कर्मचारी र उनका परिवार सवार रहेको बताइएको छ । दुर्घटनामा ३÷४ जना गम्भीर घाइते भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप